काठमाडौं । कोका–कोलाले नेपालमा पहिलोपटक आफ्नो सस्टेनेबिलिटी हाइलाइट्स रिपोर्ट जारी गरेको छ ।
रिपोर्टले पानी व्यवस्थापन, प्लास्टिक रिसाइक्लिङ, कार्बन कटौती, कोभिड–१९ बेलाको प्रतिक्रियासहित कर्पोरेट नागरिकताका व्यक्तिहरूलाई फाइदा पुर्याएको कम्पनीले जनाएको छ । जसमा युवा, महिला, आपूर्तिकर्ता र कर्मचारीहरू सामेल रहेका छन् । कोका–कोलाले संयक्त राष्ट्रसंघको १७ वटा दिगो विकास लक्ष्यहरूलाई आफ्नो मुख्य रणनीतिमा एकीकृत गराएको छ ।
कोका–कोलाको प्रणालीले व्यापार वृद्धि गर्नको लागि दिगोपनलाई एक सर्तको रूपमा लिएको नेपालमा कोका–कोला कम्पनीका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले बताए । “१९७३ देखि हामी कोका–कोलालाई हरेक नेपालीहरूको रिफ्रेसमेन्टको पहिलो रोजाइ बनाउने गरी अघि बढेका छौँ,” उनले भने, “४० वर्षभन्दा बढी समयदेखि हामीले एक कम्युनिटी ड्रिभन, कस्टोमर फोकस्ड रहेको साथै सबैका लागि लाभदायक रहने दिगो व्यवसायको निर्माण गर्नको लागि प्रयास गरिरहेका छौँ ।”
पानी कोका–कोलाको व्यापार र यसको समुदायहरूको स्वास्थ्यको दीर्घकालीन सफलताको लागि केन्द्रित कम्पनीले जनाएको छ । “कम्पनीले राष्ट्रको लागि पानी सुरक्षा सुनिश्चित गर्ने क्रममा पानीको स्रोतहरूको सम्मान र संरक्षण गर्ने जिम्मेवारी लिएको,” कोका–कोलाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नेपालमा कोका–कोलाले २०० प्रतिशतभन्दा बढी पानी पुनर्भरणको क्षमता हासिल गरेको र जसमा रेन वाटर हार्वेस्टिङ, ग्राउन्डवाटर रिचार्ज र वाटरएड र स्मार्ट पानीसँगको वाटरशेड पुनःस्थापना साझेदारीजस्ता परियोजनाहरू रहेका जनाइएको छ ।
“कोका–कोलाले पेयपदार्थको उत्पादनमा प्रयोग हुने पानीको प्रत्येक थोपाको लागि नेपालभरिका समुदायहरूलाई दोब्बर पानी फिर्ता दिनेछ,” विज्ञप्तिमा भनिएको छ, “२०१८ मा कोका–कोलाले विश्वव्यापी रूपमा ‘वर्ल्ड विथआउट वेस्ट’ अभियानको घोषणा गरेको थियो, जसको उद्देश्य सन् २०३० सम्ममा बेचिएका सबै बराबरको बोतल र डिब्बाहरूलाई संकलन र रिसाइक्लिङ गर्ने थियो ।”