site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक लाख ६० हजारमा ‘आफ्नै श्रीमतीलाई वेश्यालयमा बिक्री’
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । एक लाख ६० हजार रुपैयाँ लिएर आफ्नै श्रीमती बेचबिखन गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।

प्रहरीका अनुसार ३४ वर्षीय चन्द्रबहादुर तामाङ (नाम परिवर्तन)ले २६ वर्षीया श्रीमतीलाई सो रकम लिएर बेचेका हुन् । उनीहरूका पाँच सन्तान छन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार ०७१ सालमा एक लाख ६० हजार रुपैयाँ लिई श्रीमान्ले श्रीमतीलाई एकजनाको जिम्मा लगाएका थिए । सोही क्रममा पासाङ तामाङले काम लगाइदिन्छु भनी बालाजुको होटेलमा लगी एक महिलाको जिम्मा लगाएको खुलेको छ ।

ब्युरोका अनुसार ती महिलाले घरायसी काममा मासिक १० हजार दिन्छु भन्दै आफ्नो कोठामा लगेर तीन दिनसम्म राखी भिनाजु भनिएका व्यक्तिलाई बोलाई जिम्मा लगाएर पठाएको अनुसन्धानबाट खुलेको छ । उनै भिनाजुले सुनौली नाका हुँदै रेलमार्गबाट भारतको नयाँ दिल्लीस्थित म्हेन्डो तामाङको घरमा पुर्‍याएको र म्हेन्डो तामाङले तीन दिनसम्म आफ्नो घरमा राखी एकजना मान्छेको जिम्मा लगाएर आग्रामा रहेको वेश्यालयमा पुर्‍याई आठ महिनासम्म वेश्यावृत्तिमा लगाएको पाइएको छ ।

Royal Enfield Island Ad

नेपाली राजदूतावास र शक्ति समूहको सहयोगमा ०७८ जेठ ३१ गते उनको उद्धार गरिएको थियो । फरार प्रतिवादीमध्ये श्रीमान्सँगै नुवाकोटको साबिक घ्याङफेदी गाविस वडा नम्बर–५ का पासाङ तामाङलाई समेत ब्युरोले पक्राउ गरेको जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १३:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro