site stats
बाह्रखरी :: Baahrakhari
देश
फेरिँदै मानव तस्करीको रुट, खाडी जान श्रीलंकाको बाटो !
फाइल तस्बिर

काठमाडौं । नेपालीलाई अवैध बाटोबाट विभिन्न मुलुक लैजाने मानव तस्करीको रुट फेरिन थालेको छ । तस्करहरुले भारतलगायत विभिन्न मुलुकबाट अवैध रुपमा नेपालीलाई विभिन्न मुलुक पुर्‍याउन थालेको प्रहरी अनुसन्धानले देखाएको छ ।

पटक–पटकका प्रहरी अनुसन्धानले पछिल्लो समय तस्करीको रुट फेरिँदै गएको देखाएको हो ।

प्रहरी अध्ययनले खाडी मुलुक जान पनि भारत हुँदै नेपालीहरु श्रीलंकाको बाटो प्रयोग गर्ने गरेको देखिएको छ । विभिन्न समयमा श्रीलंकामा नेपाली महिला पक्राउ परेर जेल समेत गएका छन् । नेपालले श्रमको अनुमति नदिएका मुलुकमा जानका लागि भारत हुँदै अवैध रुपमा श्रीलंका हुँदै विभिन्न देशका जाने गरेको पाइएको छ । 

Argakhachi Cement Island Ad

अवैध बाटोबाट जानेहरु समस्यामा परे उद्धारमा समेत कठिनाई हुने गरेको प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोकी प्रमुख एसएसपी दुर्गा सिंहले जानकारी दिइन् । 

उनका अनुसार अवैध बाटोबाट श्रीलंका पुगेका ३० जना महिला जेलमासमेत परेका थिए । उनीहरुलाई उद्धार गरेर नेपाल ल्याइएको थियो । उनका अनुसार पछिल्लो समय दर्जनौं देशबाट नेपालीहरु अवैध रुपमा विभिन्न देश गइरहेका छन् । 

यस्ता छन् नेपालबाट मानव तस्करी हुने रुट

कुबेत : काठमाडौं–काकडभित्ता, सिलगुडि हुँदै नयाँ दिल्ली, श्रीलंकास्थित कोलोम्बोमा पुर्‍याइ अलपत्र ।

पोर्चुगल : नेपाल एयरपोर्ट, दिल्लीबाट रेलको माध्यमबाट मुम्बई हुँदै कम्बोडिया ।

इराकको कुर्किस्थान : नेपाल, दुवई, इराकको कुर्किस्थान, इराकको बगदाद ।

अजरबैइजन : काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, दुवई, अजरबैइजन ।

लिबिया : काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, दुवई, लिबिया ।  

अमेरिका : त्रिभुवन विमानस्थल–दुवई–मस्को–ईटाली–बोलेभिया–पेरु–इक्वडर–कोलम्बिया–पानामा–कोष्टारिका–निकारागुवा–होण्डुरस–ग्वाटेमाला–मेक्सिको–अमेरिका ।

रसिया : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल –दुवई–मस्को–रसिया ।

क्यानडा : भारतको दिल्ली– सिंगापुर–फिलिपिन्स–पपुवा न्युगिनी–सोलोमन–आइसल्याण्ड–भानुआटु–सोलोमन–आइसल्याण्ड–फिजी–सिंगापुर–दुबई–नेपाल फिर्ता ।

पोल्याण्ड : त्रिभुवन विमानस्थल–मलेसिया–कम्बोडिया हुँदै लाओससम्म ।

इटाली : त्रिभुवन विमानस्थल–दुवई–जोर्डन–लिवियासम्म ।

जापान : वीरगन्ज नाका हुँदै भारतको नयाँ दिल्ली–टर्की–ग्रिससम्म ।

नर्वे : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल– भारतको नयाँ दिल्ली–मोजाम्बिक हुँदै साउथ अफ्रिका सम्म ।

अस्ट्रेलिया : त्रिभुवन विमानस्थल–मलेसिया–इण्डोनेसियासम्म ।

पोर्चुगल : नेपाल–भारतको दिल्ली–मलेसिया–मरक्को–नाईजेरीया–नाइजरसम्म ।
कम्बोडिया : काकडभिट्टा, आसाम, नागाल्याण्ड, मणिपुर हुँदै म्यानमार थाइल्याण्डसम्म      पैदल र थाईल्याण्डबाट कम्बोडियासम्म हवाई मार्ग ।

प्रकाशित मिति: सोमबार, असोज १८, २०७८  १२:३१
प्रतिक्रिया दिनुहोस्