site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माधव नेपाल अस्वस्थ हुँदा फेरि रोकियो मन्त्रिपरिषद् विस्तार
सत्तारूढ गठबन्धनका नेताहरू ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृतवमा गत असार २९ गते वर्तमान सरकार बनेको हो । त्यसदिन प्रधानमन्त्री देउवाले कांग्रेसका दुई र माओवादी केन्द्रका दुई गरी चार मन्त्रीको शपथ खुवाएका थिए । त्यसयता प्रधानमन्त्री देउवाले पार्टीभित्र पनि आफ्नै समूहबाट दुईपटक गरी स्वास्थ्य राज्यमन्त्री र परराष्ट्रमन्त्री नियुक्त गरेका छन् । 

२५ सदस्य हुने मन्त्रिपरिषदमा देउवाको कार्यकालको ८१ दिन बित्दासम्म जम्मा सात सदस्य मात्र छन् । गत आइतबार नै राष्ट्रपतिले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेपछि मंगलबारसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने अपेक्षा गरिएका थियो । तर, यही समयमा माधवकुमार नेपाल अस्वस्थ भएर अस्पताल भर्ना भएपछि देउवाको मन्त्रिपरिषदलाई पूर्णता दिने काममा ‘ब्रेक’ लागेको छ । 

सत्ता गठबन्धनका नेताहरू गठबन्धन बैठक बस्न सके अब चाँडै सरकारले पूर्णता पाउने बताउँछन् । माधव नेपालको स्वास्थ्य समस्याले बैठक बस्न नसक्दा मन्त्रिपरिषद विस्तारमा समस्या भएको उनीहरूको भनाइ छ ।

“सत्ता गठबन्धनको बैठक माधवकुरमा नेपालज्यू अस्वस्थ भएर बस्न सकेको छैन । बैठक बस्यो भने अव चाँडै मन्त्रिपरिषद् विस्तार हुन्छ,” जसपा नेता इस्तियाक राईले भने, “बैठकले मन्त्रिपरिषद्मा पोर्टफोलियो र संख्या टुङ्ग्यायो भने मन्त्रिपरिषद् विस्तार त्यही दिन वा भोलिसम्म हुन सक्छ ।” 

उनले माधव नेपालको स्वास्थ्यबाहेक सरकार विस्तारका लागि कुनैपनि कुरा बाधक नभएको दाबी गरे । 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल मंगलबारदेखि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका छन् । स्वास्थ्य अवस्था समान्य भन्दै सूचना सार्वजनिक गरिएपनि नेपाल आज पनि डिस्चार्ज भएनन् ।

“स्वास्थ्य अवस्थामा सुधार भएको छ । तर पूर्णरूपमा निस्कने अवस्था भइसकेको छैन,” नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले भने, “सम्भवतः उहाँको डिस्चार्ज आज हुँदैन ।” 

उनले अस्पतालबाट निस्कएर पनि स्वस्थ भएपनि मात्र नेपाल राजनीतिक गतिविधिमा सक्रीय हुने बताए । 

नेपाल डिस्चार्ज नहुँदा शुक्रबार पनि सत्ता गठबन्धनको बैठक बस्न सकेन । नेपाल डिस्चार्ज नहुँदासम्म कुर्ने तयारी भएकाले मन्त्रिपरिषद् विस्तार अव कति दिनमा हुन्छ भन्ने अनुमान गर्ने अवस्था छैन । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  १७:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro