site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनभीए क्लब भलिबल च्याम्पियनसिपको पहिलो दिन सबै विभागीय क्लबलाई सफलता 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । राष्ट्रिय पुरुष तथा महिला एनभीए क्लब भलिबल च्याम्पियनसिपको छैटौँ संस्करणमा आइतबार पुरूषतर्फ सबै विभागीय टोलीले विजयी सुरुवात गरेका छन् ।

पहिलो दुई खेलमा त्रिभुवन आर्मी क्लब र सशत्र प्रहरी बल (एपीएफ)ले  जित्दा दिन अन्तिम खेलमा नेपाल पुलिस क्लबले पनि विजयी नजिता निकालेको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

नेपाल पुलिस क्लबले दावाँली मिलन क्लबलाई ३–० को सोझो सेटमा   हरायो । राष्ट्रिय टोलीमा भएका खेलाडीको वर्चस्व रहेको पुलिसले २५–१७, २५–२१ र २५–१३ को सहज सेटमा हराएको हो ।

गलकोट स्पोर्ट्स क्लबले वाग्मती प्रदेशलाई ३–० को सोझो सेटमा हराएको छ ।  गलकोटले वाग्मतीलाई २५–१८, २५–१७ र २५–१७ को सेटमा हराएको हो ।

Royal Enfield Island Ad

आजै, सम्पन्न अघिल्ला खेलमा अर्को दुई विभागीय क्लब त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले पनि विजयी नतिजा निकालेका थिए ।

आर्मीले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हराएको थियो भने  एपीएफले  ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा हरायो ।

सोमबार पुरुषतर्फका ६ खेल हुनेछन् । पहिलो खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लब र वाग्मती प्रदेशले प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा प्रदेश–२ ले गलकोट स्पोर्ट्स क्लबविरुद्ध खेल्नेछ । तेस्रो खेलमा दावाँली मिलनले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल पुलिसले मणिमुकुन्द भलिबल क्लबविरुद्ध खेल्नेछ ।

पाँचौँ खेलमा नयाँ बजार युवा क्लबले कर्णाली प्रदेशसँग खेल्नेछ । अन्तिम खेलमा बूढानीलकण्ठ भलिबल क्लबले ढोरपाटन स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  १७:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro