site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
सुनसरी–मोरङमा औद्योगिक सर्वेक्षण सुरु
SkywellSkywell

विराटनगर । उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक तथ्यांक संकलनको कार्य सुरु गरेको छ ।

संगठनका अनुसार आइतबारबाट तथ्यांक संकलनको कार्य सुरु गरिएको हो । तथ्य र तथ्यांकमा आधारित नीतिगत बहस र पैरवी सञ्चालन गर्न सबै औद्योगिक प्रतिष्ठानहरूको औद्योगिक तथ्यांक संकलन गरी डाटाबेस तयार गर्ने लक्ष्य रहेको संगठनले जनाएको छ ।

Dabur Nepal
NIC Asia

सुनसरी–मोरङ औद्योगिक करिडोर र मोरङ जिल्लाको औद्योगिक सर्वेक्षण –२०७८ सुरु गरिएको जानकारी दिँदै संगठनका अध्यक्ष सुयश प्याकुरेलले भने, “एकपटक यस्तो डाटाबेस तयार भएपछि नियमित रूपमा अद्यावधिक गरिने योजना तथ्यांक संकलन सुरु गरेका हौँ ।”

संगठनले सञ्चालन गरेको औद्योगिक सर्वेक्षणले सुनसरी र मोरङ गरी संगठनका सदस्य औद्योगिक प्रतिष्ठानहरूको सबै र बाँकी अरू उद्योगहरूको समेत तथ्यांक संकलन गरिने संगठनका महानिर्देशक चूडामणि भट्टराईले जानकारी दिए । उनका अनुसार उद्योगका विविध आयामहरू समेटिएका करिब १०० वटा प्रश्नहरू लिएर पाँचजना गणकहरू तथ्यांक संकलनका लागि सबै उद्योग प्रतिष्ठानहरू पुग्नेछन् ।

संगठनले तथ्यांकको गुणस्तरीयतालाई मध्यनजर गर्दै गणकहरूका लागि दुईदिनको तालिम सञ्चालन गरेको थियो । महानिर्देशक भट्टराईका अनुसार गणकहरूले मोबाइल एपबाट तथ्यांक संकलन गर्नेछन् र यसरी संकलन गरिएको तथ्याकंको गुणस्तरीयता अनलाइनबाटै मोनिटर गर्न सकिनेछ ।

फ्याक्ट्स नेपाल नामक परामर्शदाता कम्पनीसँगको सहकार्यमा सञ्चालन गरिएको सर्वेक्षणको तथ्यांक संकलनको काम यही असोजभित्रमा सक्ने र मंसिरको पहिलो सातासम्ममा सर्वेक्षण प्रतिवेदन तयार हुने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १०, २०७८  १७:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro