site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
नगरपालिकासँग सूचना माग्न पनि रिले अनशन !
SkywellSkywell

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकामा पाँच दिनदेखि सूचना माग गर्दै रिले अनशन भइरहेको छ । भदौ ४ गतेदेखि पालिकाको प्रवेशद्वारमा ‘भ्रष्टाचारविरुद्ध संयुक्त संघर्ष समिति’ का पदाधिकारी र राजनीतिकर्मीहरूले सूचनाको माग गरेर रिले अनशन गरिरहेका छन् ।

समितिले पालिकामा गत जेठ २३ गते विभिन्न ९ वटा शीर्षकमा सूचना मागेको थियो । त्यसअघि मौखिक रूपमा पनि सूचना माग गरेको थियो । तर, कर्मचारी र नगर प्रमुख विजय शंकर साहले बेवास्ता गरेपछि रिले अनशन थालेको समितिका संयोजक सुरेश यादवले जानकारी दिए ।

KFC Island Ad
NIC Asia

नगरका जनप्रतिनिधिहरूले विकासभन्दा कमिसनलाई प्राथमिकतामा राखेको उनीहरूको आरोप छ । अनशनकारीहरूले पालिकाले भ्रष्टाचार गरेकै कारण सूचना दिन आनाकानी गरिरहेको बताए । भ्रष्टाचारविरुद्ध बोल्ने, लेख्नेविरुद्ध नगर प्रमुख साह आक्रमक शैलीमा प्रस्तुत हुने गरेको समितिका महासचिव मेथल साहले बताए ।

“भ्रष्टाचार भएको छैन भने सूचना दिन किन अनाकानी गरिरहेको ? नागरिकको अधिकारलाई कुण्ठित गर्न मिल्दैन नि,” उनले भने ।

उनले स्थानीय सरकार सञ्चालन ऐनअनुसार पालिका आफैँले चौमासिकमा रूपमा सूचना सम्प्रेषण गर्नुपर्ने भएपनि सूचना माग्दासमेत नदिएको गुनासो पोखे । 

उनीहरूले चालु आर्थिक वर्षको बजेट र योजनाको दास्ताबेज, संसदीय विकास कोषबाट काम भएको योजनाको स्पष्ट विवरण, क्वारेन्टाइन सञ्चालन र रोकथामका लागि खर्च भएको सम्पूर्ण आयव्ययको सूचना माग गरेका छन् । यस्तै, कोरोना महामारीमा वितरण भएको राहत प्राप्तकर्ताको नामावली, संघ र प्रदेश सरकारले पठाएको सर्सत अनुदानको स्पष्ट विवरण र नगरका पोखरीहरूको आम्दानीको विवरण पनि माग गरिएको छ ।

त्यस्तै, राम जानकी मावि सतोषरलाई नमुना विद्यालय शीर्षकमा प्राप्त सम्पूर्ण आम्दानी र खर्चको विवरण, दुर्गापथको डीपीआरको प्रतिलिपी, स्थगनको कारण, र पालिकाको भवन निर्माणमा भएको सम्पूर्ण खर्चको सूचना उपलब्ध गराउनुपर्ने समितिको माग छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  २१:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro