site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कर्मचारीलाई पर्यटन बिदा : कार्यविधिको मस्यौदा तयार, बजेटको टुङ्गो लाग्न बाँकी

काठमाडौं । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित ल्याइएको पर्यटन काज बिदासम्बन्धी कार्यविधिको मस्यौदा तयार भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको मस्यौदामाथि थप सुझावका लागि सबै मन्त्रालयहरूमा पठाइएको छ । 

अघिल्लो सरकारले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारी कर्मचारीलाई १० दिन पर्यटन काज बिदा दिने बजेटमा व्यवस्था गरेको थियो । सोही व्यवस्था अनुसार कार्यविधिको मस्यौदा बनाएर सुझावका लागि विभिन्न मन्त्रालयमा पठाएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता तारानाथ अधिकारीले बताए ।

पर्यटन काज बिदाका लागि बजेटको व्यवस्थापनका लागि अर्थ मन्त्रालयलाई पत्राचार गर्ने तयारी गरिएको पनि उनले बताए । “पर्यटन काज बिदाका लागि कार्यविधिको मस्यौदा बनाएर सुझावका लागि मन्त्रालयहरूलाई पठाइएको छ । सबै सरोकारवालापक्षबाट सुझाव आएपछि स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाउँछौँ,” उनले भने ।

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेटमार्फत सरकारी कर्मचारीलाई १० दिन भ्रमण बिदा दिने र बजेटको व्यवस्थापन गर्ने घोषणा गरेका थिए । तर, अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा भने यो कार्यक्रमबारे उल्लेख छैन । तर, पर्यटन मन्त्रालयबाट यसबारे पत्राचार गरेपछि अर्थले निर्णय लिने अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले बताए ।

अर्थ मन्त्रालयले बजेटको विषयमा टुङ्गो लगाएपछि कार्यान्वयनमा जाने पर्यटन मन्त्रालयका अधिकारीहरू बताउँछन् । अर्थ मन्त्रालयका अनुसार पर्यटन मन्त्रालयले बजेटको विषयमा पत्राचार भने गरिसकेको छैन ।

कार्यविधिमा के छ ?
पर्यटन मन्त्रालयले तयार पारेको कार्यविधिमा एक कर्मचारीले आफ्नो साथमा परिवारको एक सदस्य लैजान पाउनेछन् । मन्त्रालयका सूचना अधिकारी प्रेम सुवेदीका अनुुसार सरकारी कर्मचारी श्रीमान छ भने श्रीमती लैजान पाउने र श्रीमती छ भने श्रीमान लैजान पाउने भन्ने प्रस्ताव गरिएको छ । 

“यो नै हुन्छ भन्ने छैन, तर हामीले यसरी नै प्रस्ताव गरेका छौँ,” उनले भने, “उक्त मस्यौदामा विभिन्न मन्त्रालयबाट राय सुझाव आउने क्रममा छ ।”

बजेटको विषयमा अहिले काजमा जाँदा जुन रकम कर्मचारीले पाउँछन् सोही अनुसार पाउने गरी प्रस्ताव गरिएको छ । भ्रमण खर्च नियमावलीमा भएको तहगत अनुसारको व्यवस्थालाई टेकेर बजेट प्रस्ताव गरिएको छ ।

यो रकम तोकिएका गन्तव्यमा पुगेर १० दिन बसेको र त्यहाँ खर्च गरेको प्रमाण भने बुझाउनुपर्ने छ । गन्तव्यबाट फर्किएपछि कर्मचारीले प्रतिवेदनसमेत बुझाउनुपर्ने भनिएको छ । तर, कर्मचारीको स्थायी घर वा ससुराली भएको जिल्लालाई छान्न पाइने छैन ।

कोभिड–१९ का कारण पर्यटन क्षेत्र प्रभावित भएको र तत्काल विदेशी पर्यटक आउने सम्भावना कम देखिएकाले आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारले यो अवधारणा ल्याएको हो । सरकारी कर्मचारीलाई खर्चसहित बिदामा पठाउँदा निजी क्षेत्रलेसमेत त्यसैगरी आफ्ना कर्मचारीलाई काज बिदामा पठाउने विश्वास पर्यटन व्यवसायीहरूको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  १९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro