site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मन्त्री छनोटमा कांग्रेसमा असन्तुष्टि, पौडेल समूहले बोलायो छुट्टै बैठक 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको विषयमा नेपाली कांग्रेसभित्र असन्तुष्टि चुलिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाएपछि पौडेल समूह आक्रोशित भएको हो ।

मन्त्रिपरिषद् विस्तारका विषयमा असन्तुष्ट पौडेल समूहले बैठक बोलाएको छ । बैठक दिउँसो १ बजे महामन्त्री डा. शशांक कोइरालाको निवास महराजगन्जमा बस्ने बताइएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

पौडेल समूहले नेत्री सुजता कोइरालालाई उपप्रधानसहित परराष्ट्रमन्त्री बनाउन चाहेको थियो । तर, देउवाले पार्टीमा छलफल नगरी डा. खड्कालाई मन्त्री बनाएका हुन् । “पार्टीभित्रै भागबन्डा नमिलेसम्म अब मन्त्रिपरिषद् विस्तार रोक्ने गरी छलफल हुनेछ,” समूहका एक नेताले भने ।

बैठकमा पार्टी अधिवेशनको विषयमा पनि छलफल हुने उनले बताए । १३ जिल्लाको वडा अधिवेशन बाँकी रहँदा कार्यतालिका प्रभावित हुने भय कांग्रेसमा छ ।

Royal Enfield Island Ad

यस्तै, डडेलधुरा, मोरङ र सिन्धुपाल्चोकको वडा अधिवेशबाट पौडेल पक्ष संस्थापन पक्षसँग झस्किएको छ । एक नेताका अनुसार डडेलधुरापश्चात् मोरङ र सिन्धुपाल्चोक जिल्लामा भएको घटनाले महाधिवेशनको निष्पक्षतामाथि पौडेल–कोइराला समूहमा भय बढेको छ ।

“सभापतिज्यूले आफू जित्ने अवस्थामा मात्र अधिवेशन गराउने भय हामीमा भयो, निष्पक्ष अधिवेशन नहुने देखियो,” ती नेताले भने ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  १२:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro