विदेश
सीएनएन । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन गएका ब्राजिलका स्वास्थ्यमन्त्री मार्सेलो क्वीरोगामा कोभिड–१९ पोजिटिभ देखिएको ब्राजिलको राष्ट्रपति कार्यालयले मंगलबार जनाएको छ । ब्राजिलका अरू प्रतिनिधिमन्डलमा भने कोभिड नेगेटिभ देखिएको छ ।
क्वीरोगाले सीएनएन ब्राजिललाई आफू १४ दिन न्युयोर्कमा क्वारेन्टिनमा बस्न सक्ने बताएका छन् । मुटुरोग विशेषज्ञ क्वीरोगा ब्राजिलमा कोरोनाभाइरस महामारी सुरु भएयताका चौथो स्वास्थ्यमन्त्री हुन् । उनी यसै वर्षको सुरुतिर नियुक्त भएका थिए ।
राष्ट्रसंघको जेनरल सेक्रेटरीका एक प्रवक्ताले यसबारेमा प्रतिक्रिया दिन अस्वीकार गरेको सीएनएनले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असोज ६, २०७८ १०:००
प्रतिक्रिया दिनुहोस्