site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राजपाले एमालेलाई मनाए संविधान संशोधन सम्भव
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली ।  पूर्व परराष्ट्रमन्त्री एवं नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले राजपालाई तेरुाो चरणको चुनावमा सहभागी गराउन नेपाली काँग्रेस प्रयासरत रहेको बताएका छन् । 

भारतको राजधानी दिल्लीस्थित नेपाली राजदूतावासमा नेपाली जन सम्पर्क समितिका पदाधिकारीसँगको बैठकपछि नेपाल पत्रकार महासंघ भारत शाखाका प्रतिनिधिहरुसँग कुरा गर्दै महतले मधेश केन्द्रीत राष्ट्रिय जनता पार्टीलाई चुनावमा सहभागी गराउन नेपाली काँग्रेस प्रयासरत रहेको बताएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

राजपाले प्रदेश नम्बर २ को चुनावमा सहभागी हुन संविधान संशोधन हुनुपर्ने अडान राख्दै आएको विषयमा बोल्दै महतले नेपाली काँग्रेसको मतले मात्रै पनि संविधान संशोधन असम्भव भएको भन्दै एमालेको सहयोग पनि चाहिने जिकिर गरे । उनले नेपाली काँग्रेसले आफ्नो तर्फबाट प्रयास गरिरहेको भन्दै राजपाले पनि एमालेलाई सहमतिमा ल्याउन प्रयास गर्ने भएको बताए । 

नेपाल भारत सम्बन्धका बारेमा बोल्दै पूर्वमन्त्री महतले नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको गठबन्धनमा सरकार बने देखिनै नेपाल-भारत सम्बन्धमा सुधारको पहल भएको भन्दै आफु पररराष्ट्रमन्त्री भएपछि पटक-पटक भारतमा आएर सम्बन्ध सुधारको पहल गरेपछि अहिले सम्बन्धमा राम्रो सुधार आएको उनको भनाई छ ।

Global Ime bank

प्रवुद्ध समूह अन्तर्राष्ट्रिय सहयोग परिषदको अन्तरक्रियामा सहभागी हुन भारतको राजधानी दिल्लीमा आएका  महत भोली स्वदेश फर्कने कार्यक्रम छ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १४, २०७४  १५:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय