site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बसेको हो ।

बैठकमा संसद्‌मा उत्पन्न परिस्थितिबारे छलफल गरिने नेताहरूले बताएका छन् । बिहीबार बसेको संसद् बैठकमा सत्ता र प्रतिपक्ष दलहरूबीच मुठभेडको स्थिति उत्पन्न भएको थियो । त्यसबारे सत्ता र प्रतिपक्ष दलले एकार्कालाई आरोप लगाएका छन् ।

Dabur Nepal
NIC Asia

कांग्रेसले संसदीय दलको बैठकबाट संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्ने नेताहरूले बताएका छन् । आजै बिहान ११ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ ।

सहकारीको बचत अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले छानबिनका निम्ति संसदीय समिति गठनको माग गरिरहेको छ । सत्तापक्षले त्यसलाई अस्वीकार गर्दै आएको छ । सोही कारण संसद्‌मा तनाव उत्पन्न भएको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १०:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro