site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देउवाले बोलाए प्रतिपक्ष दलहरूको बैठक
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिपक्ष दलका सांसदहरूको बैठक आह्वान गरेका छन् । आज बिहान साढे १० बजे बस्ने गरी देउवाले प्रतिपक्ष दलहरूको बैठक बोलाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जानकारी दिए ।

बैठकमा कांग्रेस, राप्रपा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी, नेपाललगायत प्रतिपक्ष दलका सांसद सहभागी हुनेछन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने शाहीले बताए ।

बैठकमा संसद्‌मा उत्पन्न परिस्थितिबारे छलफल गरिने नेताहरूले बताएका छन् । बिहीबार बसेको संसद् बैठकमा सत्ता र प्रतिपक्ष दलहरूबीच मुठभेडको स्थिति उत्पन्न भएको थियो । त्यसबारे सत्ता र प्रतिपक्ष दलले एकार्कालाई आरोप लगाएका छन् ।

त्यसअघि, अहिले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक जारी छ । ल्होत्से हलमै कांग्रेस दलको बैठक बसेको हो ।

कांग्रेसले संसदीय दलको बैठकबाट संसद्‌मा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्ने नेताहरूले बताएका छन् । आजै बिहान ११ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक आह्वान गरिएको छ ।

सहकारीको बचत अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले छानबिनका निम्ति संसदीय समिति गठनको माग गरिरहेको छ । सत्तापक्षले त्यसलाई अस्वीकार गर्दै आएको छ । सोही कारण बिहीबार संसद् बैठकमा तनाव उत्पन्न भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १०:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro