site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
छ जनाको हत्या गर्ने आरोपीको बयान– ‘पागल र जड्याहा’ भनेपछि मार्‍यौं 
Sarbottam CementSarbottam Cement

काठमाडौं । गत भदौ २१ गते संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भयो । ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्की विभिन्न स्थानमा मृत अवस्थामा फेला परे ।

घटनास्थलको प्रकृती र घटनाको प्रारम्भीक अनुसन्धानमै प्रहरीले हत्या भएको निस्कर्ष निकाल्यो ।

एकै परिवारका ६ जनाको हत्या हुँदा एकजना भने जिवितै भेटिए । उनी थिए वृद्ध बौदमान कार्की । उनी तेजबहादुरका बुबा थिए । मृतकहरु कोही घरमै, कोही सडकको भित्तामा, कोही खोलामा र कोही बारीमा फेला परेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

घटनास्थलमा २१ गते प्रहरी टोली पुग्यो । हत्याको कारण खोज्न थाल्यो प्रहरी । सुरुदेखिनै केन्द्रीय अनुसन्धान व्युरोको टोली पनि प्राविधिक रुपमा अनुसन्धानमा सक्रिय भयो । केही दिनपछि घटनास्थलमै सीआईबीको टोली पनि पुग्यो । यसबाहेक जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयको टोली पनि अनुसन्धानमा सकृय थियो ।

छुट्टाछुट्टै अवस्थामा ५० जनाको संख्यामा प्रहरी टोली हत्याकाण्डको अनुसन्धानमा केन्द्रित बन्यो । सुरुमा प्रहरीले पारिवारिक र आर्थिक कारणले हत्या भएको हो कि भन्ने आशंका गर्यो । 

Global Ime bank

तर, कार्की परिवारको आठ लाखभन्दा बढी रकम र गहना घरमै फेला पर्यो । त्यसले प्रहरीले सोचेजस्तो आर्थिक कारणले घटना भएको होइन कि भन्नेतर्फ सोच्न बाध्य बनायो ।

प्रहरीले केही गाउँलेलाई सुरुदेखि नै शंकाको घेरामा राखेको थियो । केहीसँग सोधपुछ पनि गर्दै आएको थियो ।

प्रहरीको सुरुको शंकाको घेरामा थिए लोकबहादुर कार्की । जो तेजबहादुरका आफन्त पनि पर्छन् । २१ गते कार्की परिवारका सदस्यको हत्या भएको चर्चापछि सबैभन्दा पहिले शव देखाउने व्यक्ति थिए लोकबहादुर ।

अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरुका अनुसार लोकबहादुरले टाढैबाट त्यहाँ ‘त्यसको लाश होला’ भनेका थिए । त्यही शब्दले प्रहरीको अनुसन्धानको पहिलो घेरामा तानिए लोकबहादुर । यतिमात्रै होइन उनले केही युटुवरलाई पनि अन्तर्वार्ता दिए । त्यो अन्तर्वार्तामा उनको हाउभाउ पनि प्रहरी अनुसन्धानका लागि अर्को पाटो बन्यो ।

अनुसन्धान लोकबहादुरमै केन्द्रित बन्यो । प्रहरीले उनीसँग घटनाको बारेमा बारम्बार सोधपुछ गर्न थाल्यो । लोकबहाद्ुरको बयान आपसमै बाझिन थाल्यो । यतिमात्रै होइन प्रहरीले तपाईंले नै हत्या गरेको प्रमाण छ भन्दा उनले प्रमाण ल्याउन चुनौती नै दिए । प्रहरी आन्तरिक रुपमा लोकबहादुर नै मुख्य अभियुक्त भएको निस्कर्षमा पुगिसकेको थियो ।

प्रहरीको निरन्तर केरकारपछि लोकबहादुरले हत्या आफैले गरेको स्वीकार गरे । उनलाई प्रहरीले २७ भदौमा सार्वजनिक गर्यो । प्रहरीले लोकबहादुरलाई बयानकै आधारमा पक्राउ गरेको थियो । चित्तबुझ्दो ठोस प्रमाण थिएन ।

अनुसन्धानकै क्रममा ३१ भदौमा उनका भाइ नरेश मृतकमध्येकी एक रञ्जना कार्कीले प्रयोग गर्दै आएको मोबाइलसहित पक्राउ परे । त्यसअघि लोकबहादुरले आफूलाई कार्की परिवारले हेप्दै आएको, पागल भनेर अपमान गरेकाले चिरपटले हानेर हत्या गरेको बताएका थिए । उनले हत्या गर्दा प्रयोग भएको चिरपट जलाएको समेत बताएका थिए । तर, उनका भाइ पक्राउ परेपछि घटनामा नयाँ रहस्य खुल्यो ।

कसरी बन्यो हत्याको योजना ?

प्रहरी अधिकारीहरुका अनुसार तेजबहादुरको परिवार गाउँमा अरुभन्दा सम्पन्न थियो । उनीहरुले गाउँमा आपतविपतमै गाउँलेलाई व्याजमा पैसा समेत लगाउने गरेका थिए । लोकबहादुरको परिवार आर्थिक रुपमा कमजोर थियो ।

लोकबहादुर र तेजबहादुरको घर नजिकै छ । ६ जनाको हत्या आरोपमा लोकबहादुर पक्राउ परेपछि मोवाइलसहित उनका भाइ नरेश पक्राउ परे । नरेश पक्राउपछि घटनाको थप रहस्य खुल्यो । प्रहरी अधिकारीहरुका अनुसार आफू र आफ्नो भाइमात्रै पक्राउ परेपछि लोकबहादुर र नरेशले घटनामा संलग्न अरुको नाम पनि खुलासा गरेका थिए । सोही खुलासाको आधारमा प्रहरीले लोकबहादुर कार्कीका काका ४७ वर्षीय खड्गबहादुर कार्की, बुबा ४९ वर्षीय रणबहादुर कार्की, भाइहरु २८ वर्षीय हस्तबहादुर कार्कीलाई पक्राउ गरेको हो ।

संखुवासभा हत्याकाण्डमा ट्विस्ट : छ जनाको हत्यामा लोकबहादुरका भाइ, बाबु र काका पनि संलग्न 

पक्राउ परेकाहरुले आफूहरुमाथि निरन्तर अपमान गरेकाले कार्की परिवारको हत्या गरेको बताएका छन् । प्रहरी अधिकारीहरुका अनुसार उनीहरुले आरोप स्वीकार गरेका छन् । त्यसो त यसअघि ६ जनाको हत्यामा एकै जनाको संलग्नतालाई कतिपयले अनौठौ मानेका थिए । हत्यामा एकजना मात्रै नभई अरुको पनि संलग्नता हुनसक्ने धेरैको आकलन थियो ।

लोकबहादुरका काकाले प्रहरीसँग भनेका छन्, “उनीहरुले हाम्रो परिवारलाई निकै हेपे । कसैलाई पागल भने कसैलाई जड्याहा भने अनी हामीले बदला लिन मार्ने योजना बनायौं ।”

२० गते बनेको थियो हत्याको योजना

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरुका अनुसार २० गते लोकबहादुरकै घरमा हत्या योजना बनेको थियो । उनीहरुले सुरुमा तेजबहादुर र उनकी श्रीमती कमलाको मात्रै हत्या गर्ने योजना बनाएका थिए । सोही अनुसार उनीहरु अगाडि बढे ।

एक प्रहरी अधिकृतले पक्राउ परेकाहरुको भनाइ उद्धृत गर्दै भने, “हामीले तेजबहादुरको परिवारको पैसा र गहना पनि लुट्ने योजना बनाएका थियौं । तर, पछि पैसाको पछि लागेनौं ।”

उनीहरुले २१ गते बिहानकै समयमा आफूहरुले हत्या गरेको बताएका छन् । उनीहले तेजबहादुर र उनकी श्रीमती कमलाको हत्या गर्ने योजना भएको बताए पनि पछि अरुले देखेको र आफूहरुको पोल खुल्ने डरले हत्या गरेको बताएका छन् ।

चिरपटले हिर्काउने काम लोकबहादुरले गरेको र अरुले समात्नेलगायत काम गरेको प्रहरी अधिकारीहरुको दाबी छ ।

किन जिवितै छाडे बौदमान कार्कीलाई ?

तेजबहादुरको परिवारमा रहेका ७ जनामध्ये ६ जना मृत भेटिए । तर, बौदमान कार्की जिवितै छन् । वृद्ध बौदमान कान कम सुन्छन् ।

जिवित भेटिएका बौदमान कार्की । 

पक्राउ परेकाहरुले आफूहरुलाई बौदमानले माया गर्ने र उनले हत्या गरेको देख्न पनि नसक्ने भएकाले हत्या नगरेको बताएका छन् ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  १२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement