site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
छ जनाको हत्यामा लोकबहादुरका भाइ, बाबु र काका पनि संलग्न 

काठमाडौं । संखुवासभामा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणमा नयाँ ट्विस्ट आएको छ । यसअघि ६ जनाको हत्या आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीले हत्यामा आफ्नो भाइ, बुबा र दुईजना काकाको पनि संलग्नता रहेको बताएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । लोकबहादुरका बुबा र दुईजना काकालाई आइतबार (हिजो) प्रहरीले पक्राउ गरेको हो ।

यसअघि भदौ् ३१ गते लोकबहादुरका भाइ नरेश मृतकमध्येकी एक रञ्जना कार्कीले प्रयोग गर्दै आएको मोबाइलसहित पक्राउ परेका थिए ।

मादी नगरपालिका–१ स्थित उम्लिङमा भदौ २१ गते ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको चिरपटले हानेर हत्या भएको थियो ।

हत्या गरिएकी रञ्जना कार्कीको मोवाइल नरेशको साथमा भेटिएको थियो ।

यसअघि हत्या आरोपमा पक्राउ परेका लोकबहादुरले आफूलाई कार्की परिवारले निरन्तर हेप्दै आएकाले हत्या गरेको बताएका थिए ।

उनले तेजबहादुरलाई मात्रै मार्ने योजना बनाएको भए पनि आफ्नो पोल खुल्ने डरले देख्ने जति सबैको चिरपटले हानेर हत्या गरेको र सो चिरपट जलाएको प्रहरीसँग बताएका थिए ।

प्रहरी अनुसन्धानमा क्रममा हत्यामा लोकबहादुरका परिवारका अन्य सदस्यको संलग्नता रहेको खुलेको हो ।

एक उच्च प्रहरी अधिकृतले भने, “अनुसन्धान गर्दै जाँदा लोकबहादुरका भाइ, बुबा र दुईजना काकाको पनि संलग्नता देखियो । सबैले मिलेर मारेका रहेछन् । पारिवारिक कारणले नै हत्या भएको देखियो । कसैले मान्छे समातेको, कसैले चिरपटले हानेको अनुसन्धानबाट खुलेको छ ।”

उनीहरुले लखेटी–लखेटी ६ जनाको हत्या गरेको खुलेको छ । प्रहरीले हत्याकाण्डबारे अझै अनुसन्धान जारी रहेको बताएको छ । घटनाको प्रदेश प्रहरी, जिल्ला र सीआईबीको टोलीले अनुसन्धान गरेको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, असोज ४, २०७८  १०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro