site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पुरानै लयमा फर्किंदै खुलामञ्च
केही समय अगाडि डोजर लगाएर खुलामञ्चका संरचना भत्काउँदै काठमाडौं महानगर ।

काठमाडौं । २०७२ साल वैशाख १२ गतेको भूकम्पपछि अतिक्रमणमा परेको काठमाडौंको खुलामञ्च ६ वर्षपछि काठमाडौं महानगरपालिकाले खुला गर्दा खुलामञ्चमा राजनैतिक दलका आमसभा हुन थालेका छन् । भूकम्पमा भत्किएको दरबार हाइस्कुलका निर्माण सामग्री पार्किङस्थल बनेको खुलामञ्चलाई महानगरले पुरानै अवस्थामा फर्काउन थालेको हो । 

काठमाडौं महानगरपालिकाले अतिक्रमणमा परेको खुलामञ्चबाट अनाधिकृत संरचना भत्काएर खाली गराउँदा राजनीतिक दलका कार्यक्रमहरु खुलामञ्चमा हुन थालेका हुन् । गत मंगलबार पहिलो पटक विप्लव नेतृत्त्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी मिलिनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विरोधमा खुलामञ्चमा आमसभा गर्यो । अब राजनीतिक दलहरुलाई आमसभाका लागि हुने सभा खुलामञ्चमा हुनेछन् । 

यद्यपि पछिल्लो समय खुलामञ्च खुला भए पनि अझै व्यवस्थित नभएको सम्पदा संरक्षणकर्मीले बताएका छन् । सम्पदा संरक्षणकर्मी गणपतिलाल श्रेष्ठ सम्बन्धित सरोकारवाला निकायले खुलामञ्चलाई थप व्यवस्थित गर्दै लैजानुपर्ने बताउँछन् । उनी भन्छन्, ‘‘खुलामञ्चमा राजनीतिक दलका कार्यक्रमहरु हुन थालेका छन । यो सकारात्मक पक्ष हो । २०७७ साल पुस ५ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन हुँदा सबैजसो आमसभा विरोधका कार्यक्रमहरु सडकमै भएका थिए । त्यतिबेला सडक राजनतिक दलको कब्जामा थिए । यसको प्रत्यक्ष प्रभाव सर्वसाधारणलाई परेको थियो ।” 

खुलामञ्च अतिक्रमणमा परेकै कारण सडक सभा हुने प्रवृत्ति बढेको र सर्वसाधारणले यसको सास्ति खेप्नुपर्ने बाध्यता रहेको संरक्षणकर्मीहरुको भनाइ छ । अब खुलामञ्च पुनः अतिक्रमण हुन नदिन यसको संरक्षण गर्नुपर्ने गणपतिलालको भनाइ छ । 

२०३६ सालमा बीपी कोइरालाले पहिलोपटक खुलामञ्चमा जनसभा गराएका थिए । २०४६ सालको परिवर्तनपछि कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, मदन भण्डारी, मनमोहन अधिकारीलगायत नेताहरुले खुलामञ्चमा आमसभा गरेका थिए । २०७२ सालको भूकम्पमा घाइते भएका विरामीको उपचार खुलामञ्चमा गरिएको थियो । दरबार हाइस्कुल र वीर अस्पतालमा क्षति पुग्दा निर्माण सामग्री थुपारिएका थिए । त्यसपछि काठमाडौंका सडकहरु आभसभाका नाममा कब्जा हुँदै आएका थिए ।

लामो सयम खुलामञ्च अतिक्रमणमा पर्दा २०७६ साल असोज २३ गते अकुपाई टुँडिखेल अभियान सञ्चालनमा आएको थियो । उक्त अभियानको उदेश्य थियो, खुलामञ्च र टुँडिखेलको अतिक्रमण रोक्नु । उक्त अभियानले दबाबमूलक कार्यक्रमहरु सञ्चालन गर्दै महानगरलाई ध्यानाकर्षण गरायो । महानगरका मेयर विद्यासुन्दर शाक्यले एकवर्ष अघि नै खुलामञ्च खाली गराउने  भनेका थिए । तर, एकवर्ष पछि मात्रै खुुलामञ्च खाली भयो । 
 
काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख धनपति सापकोटा खुलामञ्च खाली र संरक्षण गर्ने हेतुले त्यहाँका सबै टहरा भत्काएको बताउँछन् । ‘‘हामीले गत वर्ष फागुन ५ गते पहिलोपटक खुलामञ्चका टहराहरु भत्काएका थियौँ । पछि निर्माण सामग्री थुपारिका संरचनाहरु खाली गरायौँ । भूकम्पपछि बाध्यताले मात्रै खुलामञ्च अतिक्रमणमा परेको थियो । अब खुलामञ्च व्यवस्थित हुँदै जान्छ । यसको संरक्षण हुँदै जान्छ । अब खुलामञ्च पहिलेजस्तो अतिक्रमणमा पर्नेछैन,” सापकोटाले भने । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, असोज १, २०७८  ०८:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro