अर्थ व्यवसाय
काठमाडौ । मेगा बैंक नेपालले धादिङका साना किसान तथा लघु उद्यमीहरूलाई कृषि तथा लघु उद्यमी कर्जा प्रदान गर्ने भएको छ ।
मेगा बैंक, त्रिपुरासुन्दरी गाउँपालिका, मेगा क्यापिटल मार्केट्स लिमिटेड र धादिङ उद्योग बाणिज्य संघबीच यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार त्रिपुरासुन्दरी गाउँपालिकाका साना किसान तथा लघु उद्यमी तथा व्यवसायीहरूलाई कृषि तथा लघु व्यवसाय स्थापना तथा सञ्चालनका लागि मेगा बैंकले त्रिपुरासुन्दरी गाउँपालिका, धादिङस्थित शाखा कार्यालयवाट सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ ।
कर्जाका लगानीका लागि त्रिपुरासुन्दरी गाउँपालिकाले लक्षित साना किसान तथा लघु ब्यवसायीहरूलाई बैंकसमक्ष सिफारिस गर्नेछ ।
प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८ १९:०५
प्रतिक्रिया दिनुहोस्