काठमाडौं । नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट प्रोग्राम (एनएएमडीपी) दोस्रो चरण र आइडिया स्टुडियो नेपालले भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर–१, पूर्वाञ्चल यूनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट र मोरङ व्यापार संघसँगको सहकार्यमा ‘एग्रि बिजनेस इन्क्युबेसन प्रोग्राम’का लागि आवेदन खुला गरेको छ ।
आवदेनका लागि आउँदो अक्टोबर १२ सम्म अन्तिम मिति रहेको छ । प्रदेश–१ का इच्छुकहरूले मकै, दुग्धजन्य पदार्थ, तरकारी र अलैँचीमा केन्द्रित रहेर आफ्नो व्यावसायिक आइडिया पेस गर्न सक्नेछन् ।
पेस भएका आवदेनमध्ये एग्री बिजनेस इन्क्युबेसन प्रोग्रामका लागि उत्कृष्ट १० आइडियाहरू सर्टलिस्टेड गरिनेछ । ती आइडिया पेस गर्ने प्रतिस्पर्धीहरूले एक हप्ता लामो बृहत् उद्यमशिलतासम्बन्धी प्रशिक्षण बुटक्याम्प, पाँच महिना लामो मेन्टरसिप र व्यावसायिक विकास इन्क्युबेसनमा सहभागिताको अवसर पाउने जनाइएको छ ।