site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राति चालकलाई कुटेर गाडी लिएर भागे, बिहान दुर्घटनामा परे !
पक्राउ परेका मारुदिन मियाँ र नबिब आलम ।

जनकपुरधाम । शनिबार दुई युवक काठमाडौंबाट जनकपुरधाम आउन गाडी भाडामा लिन बल्खु पुगे । सवारी चालक रोशन खरेलसँग सेवाग्राही मारुदिन मियाँ र नबिब आलमले १२ हजार रुपैयाँमा जनकपुर आउने सहमति गरे । बेलुका जनकपुरधामको लागि उनीहरूको यात्रा सुरु भयो ।

त्यसक्रममा बाटोमा एक अर्काले अनेकन किस्सा सुनाए । चिया, खाजा र बेलाबेला गुट्खा पनि तीनैजनाले बाँडीचुडी खायो । तर, यसले धेरैबेरसम्म निरन्तरता पाएन । बाँकेको जङ्गलमा पुगेपछि सेवाग्राहीद्वय मारुदिन र नबिबले चालक खरेलमाथि एक्कासी आक्रमण गरे । उनीहरूले चालकमाथि हातमुक्कासहित गाडीमै राखिएको रड्ले प्रहार गरे । चालक बेहोस भए । उनीहरूले चालक खरेललाई गाडीबाट जंङ्गलमा फालिदिए । अनि आफूहरू चाहिँ  सोही गाडी लिएर जनकपुरतर्फ आए । 

तर, तीव्र गतिका कारण उनीहरू चढेको गाडी क्षीरेश्वरनाथ नगरपालिका हरिहरपुरमा दुर्घटना भयो । खासै चोटपटक लागेन । उनीहरू गाडीलाई त्यही छाडेर अटोरिक्सा चढेर धनुषाधामतर्फ लागे । 

त्यतिबेलासम्म चालक खरेलले प्रहरीलाई खबर गरिसकेका थिए ।

“म गाडी चलाउँदै गर्दा कुटपिट गर्न थाले । जथाभाबी कुट्न थालेपछि मैले बेहोस भएको नाटक गरेँ,” उनले भने, “म बेहोस भएको बाहना गर्दा पनि कुटे । तर, कुट्नुभन्दा पनि उनीहरू भाग्न खोज्दै थिए । मैले भाग्न दिएँ ।”

यात्राका क्रममा उनीहरूसँग कुनै विवाद नभएको उनको भनाइ छ । “उनीहरूले मसँग विभिन्न प्रकारका कुरा गरिरेका थिए । उनीहरूका कुरा सुनेपछि अपराधिक गतिविधिको मान्छे हो जस्तो त लागेकै थियो । तर, आधुनिक युगका केटाहरू हो भनेर मैले त्यति मतलब गरिनँ,” उनले भने ।

आज (आइतबार) मध्याह्न १२ बजे प्रहरीले भाग्ने क्रममा धनुषाधामबाट उनीहरूलाई पक्राउ गरेको छ । 

पक्राउ परेका सेवाग्राहीद्वय मामा भान्जा हुन् । उनीहरू सुनसरी जिल्लाको भोक्राहा ५ बस्ने २७ वर्षीय मुरुदिन मियाँ र नबिब आलम रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैजनालाई प्रहरी हिरासत राखी थप अनुसन्धान अगाडी बढाइएको छ । 

जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइने प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए । उनले यस प्रकारको गतिविधि धेरै नभएपनि फरकफकर शैलीमा लुटपाट भइरहेको बताए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  १७:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro