site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
के अमेरिकाले ‘वार अन टेरर’ जित्यो त ?
SkywellSkywell

काठमाडौँ । झण्डै तीन हजार मानिसको ज्यान जाने गरी अमेरिकाको वल्र्ड ट्रेड सेन्टर ट्वीन टावरमा सेप्टेम्बर ११ मा घातक आतंकवादी आक्रमण भएको शनिबार २० वर्ष पूरा भएको छ । 

कथित आतंकवादी समूह अल–कायदाले चार वटा यात्रुबाहक विमान अपहरण गरी ‘नाइन इलेभन’ को रूपमा चर्चित घातक आत्रमmण गरेको थियो । सो आक्रमणमा २ हजार ९ सय ७७ जनाको मृत्यु भएको थियो भने २५ हजार भन्दा धेरै घाइते भएका थिए । खर्बौ डलर आर्थिक क्षति भएको थियो । 

‘नाइन इलेभन’ घटनापछि तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बसुले सेप्टेम्बर २०, २००१ मा ‘कि त हामीसँग या त आतंकवादीसँग’ भन्दै विश्वव्यापी आतंक विरुद्धको लडाइ (ग्लोबल वार अन टेरर) घोषणा गरे । 

Dabur Nepal
NIC Asia

“आतंक विरुद्धको हाम्रो लडाइ अल–कायदासँगै सुरु हुन्छ, तर यो त्यहीँ अन्त्य हुँदैन,” पूर्व राष्ट्रपति बुसले भनेका थिए, “विश्वका प्रत्येक आतंकवादी समूहलाई पत्ता नलगाएसम्म, नरोकेसम्म र पराजित नगरेसम्म यो अन्त्य हुने छैन ।”

त्यसपछि आतंकवादी (विषेश गरी अल–कायदा र अलकायदालाई संरक्षण दिएको भनिएको तालिबान)लाई पराजित गर्न अफगानिस्तान पसेको अमेरिका र उसका साझेदारहरू दुई दशकपछि फिर्ता भएका छन् । रोचक कुरा त के भने जसका विरुद्ध पश्चिमाले बल प्रयोग गरेका थिए, त्यही शक्तिको हातमा अफगान सत्ता सुम्पदै उनीहरू फिर्ता भए । 

अमेरिकी नेतृत्वमा इराक र अफगानिस्तानमा भएको कथित आतंकवाद विरुद्धको युद्धमा दशौँ हजार मानिसहरूको जीवन समाप्त भयो । अर्बौ डलर स्वाहा भयो । के संसारबाट आतंक सकियो त ? छैन । 

पक्कै पनि ‘नाइन इलेभन्’ को नाइके ओसामा बिन लादेन मारिए (लादेन २०११ मे २, पाकिस्तानको अबोत्तावादमा अमेरिकी कारबाही मारिएका हुन्), उनको अल–कायदा पनि कमजोर भयो । तर, यस्तै धारणा राख्ने समूहहरू विश्वका विभिन्न स्थानहरू विशेष गरी अफ्रिका, मध्य पूर्व र एसियामा क्रियाशील छन् । इराक युद्धले आइएसलाई जन्म दियो । अफगानिस्तानमा आइएस सम्बद्ध आइएस–के सक्रिय छ । अमेरिकी सेनाले घर फर्कने समय सकिनै लाग्दा आइएस–के को आक्रमणमा १३ जना सैनिक गुमायो । यी समूहहरू त्यस क्षेत्रमा इस्लामिक राज्यको स्थापना गर्न चाहन्छन् । पश्चिमा वा वाह्य उपस्थितिलाई रुचाउँदैनन् । यही कारणले अल–कायदाको उदय भएको थियो । 

सुरक्षा विज्ञहरू २००१ मा भन्दा धेरै आतंकवादी समूहहरू भएको बताउँछन् । “उनीहरू २००१ मा भन्दा झनै धेरै स्थानमा छन् । यसमा कुनै प्रश्न छैन”, सेन्टर फर स्ट्राटेजिक एण्ड इन्टनेशनल स्टडिजको इन्टरनेशनल सेक्युरिटी प्रोग्रामका निर्देशक सेथ जी जोन्स् भन्छन् । 

अमेरिकी सेना फिर्ता भएपछि सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति जो बाइडनले आतंकवाद सम्बन्धी नयाँ चुनौतीहरू देखा परेको धारणा राखेका थिए । अहिलेको चुनौती अल–कायदा नभई आइएसआइएस, त्यससँग सम्बद्ध र अन्य आतंकवादी समूहहरू अहिलेको चुनौती भएको बताएका थिए । त्यसलाई अमेरिका लगायत उसका साझेदार र अन्य देशले कसरी हल गर्छन्, त्यो हेर्न बाकी नै छ । 

आतंकवाद विरुद्धको लडाइ जित्नुको अर्थ एकाध आतंकवादी समुहलाई निष्क्रिय गर्नु र त्यसका केही प्रमुख नेतालाई समाप्त पार्नु हो भने अमेरिका केही हदसम्म सफल भएको मान्न सकिन्छ तर भविष्यमा फेरी त्यस्ता घटना नहोस् भन्ने सुनिश्चित गर्नु हो भने पक्कै पनि अमेरिकाले आतंकवाद विरुद्धको लडाइ जित्यो भन्न मिल्दैन । 

झण्डै दशक लामो इराक युद्ध र २० वर्षे अफगान युद्धले बल प्रयोगले मात्र आतंकवाद अन्त्य हुँदैन भन्ने पुष्टि गरेको छ । र, केही अतिवादी समूहको कारण एउटा सिंगो सम्प्रदाय (मुस्मिल समुदाय)लाई आतंकवादीको आरोप लगाइयो भने थप आतंकवादी जन्मन सक्छ । जबसम्म आतंकवादको कारण रहिरहनेछ, तबसम्म आतंक रहिरहेनछ ।

एजेन्सीको सहयोगमा 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  ०५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro