site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस निर्वाचन समिति संयोजक यादवले किन दिए राजीनामा ? 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले राजीनामा दिएपछि कांग्रेसको १४औँ महाधिवेशन के होला भन्ने प्रश्न उठेको छ ।

कांग्रेस संस्थापन पक्ष यादवको राजीनामा फिर्ताका लागि सक्दो प्रयास गरिरहेको छ । संस्थापन पक्षका नेताहरु रमेश लेखक र डा. प्रकाशशरण महत तथा मीन विश्वकर्माले राजीनामा फिर्ता गराउन प्रयास जारी राखेका छन् ।

यादवले भने आफू अराजनीतिक र अवैधानिक गतिविधिका लागि मतियार बन्न नसक्ने भन्दै राजीनामा फिर्ता नलिने अडान राखेको बताइएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

स्रोतका अनुसार संयोजक यादवलाई संस्थापनले ३०० वटा फाइलमा हस्ताक्षर गराएको थियो । देशभरका विभिन्न जिल्लामा पठाइएको ती फाइलका विषयमा निर्वाचन समितिमा समेत छलफल नहुँदै संस्थापनले हस्ताक्षर गराएपछि समितिभित्रै त्यसको प्रमाणीकरण कहाँबाट गर्नुभयो भन्दै प्रश्न उठाइएको थियो । त्यस क्रममा यादवले मुख्यसचिव र आफ्नो दुईजनाको हस्ताक्षर भएको भन्दै प्रमाण आवश्यक परे मुख्यसचिवले जुटाउने बताएका थिए ।

“तपाईं वरिष्ठ अधिवक्ता हो, इभिडेन्स बेसमा काम गर्नुहुन्छ होला, तपाईंसँग के इभिडेन्स छ भनेर हामीले सोधेका थियौँ,” निर्वाचन समितिका एक सदस्यले भने, “उहाँले मलाई डुबाउने काम भयो, म निर्वाचन समितिमा बस्दिनँ भन्नुभएको थियो ।”

Royal Enfield Island Ad

ती सदस्यले उनको सोझोपनको फाइदा संस्थापनले भरपुर उठाएको भन्दै ती विषय सार्वजकि भए उनीबाट अधिवेशन सम्पन्न हुन नसक्ने अवस्था निर्माण हुने बताएका थिए ।

“करिब ३०० हस्ताक्षर गरेको भन्ने कुरा आएको छ, कति सदस्य थपिएका हुन् भन्ने उहाँलाई नै थाहा छैन,” ती सदस्यले यादवको भनाइ उद्धृत गर्दै भने, “यस्तो अवस्था सार्वजनिक भयो भने तपाईंको छवि के होला भनेर प्रश्न गर्दा उहाँले मलाई नसिध्याउनुस् है, म कुनै लालचले यो समितिमा आएको होइन, पार्टीका लागि काम गर्दा राम्रै होला भन्ने थियो । तर, अवस्था फरक देख्दै छु ।”

त्यसबाहेकका विषयमा पनि यादवका विमतिहरु कांग्रेस नेतृत्वसँग बढिरहेका थिए ।

महाधिवेशनको प्रक्रिया प्रारम्भ हुनै लाग्दा दलित जनजाति, मधेसीसहितका ‘क्लस्टर’को प्रतिनिधित्व निर्देशिका र अनुसूचीले प्रतिबन्धित गरिदिएको भन्दै विरोध सुरु भयो । विरोधपछि निर्देशिका सच्याउँदै दलित, आदिवासी, जनजातिसहितका क्लस्टरहरू समावेश गर्न निर्देशिका संशोधनको सूचना जारी भयो । तर, त्यसमा मधेसी शब्द नपरेका कारण उपत्यकाबाट समावेशी कोटामा प्रतिनिधित्व गर्दै आएका मधेसी समुदायले यादवसमक्ष विरोध जनाएका थिए । उपसभापति विमलेन्द्र निधिले विरोध जनाउँदै सभापति शेबहादुर देउवालाई पत्रसमेत लेखेका थिए । त्यसमा पनि संयोजक यादवको कांग्रेस नेतृत्वसँग मतभेद भएको स्रोतले बताएको छ ।  

“विमितका बाबजुत उहाँले काम गर्दै आउनुभएको थियो, डडेलधुरामा त प्रक्रियासंगत सदस्यता काटेर नयाँ सदस्य सिफारिस गर्नुपरेपछि उहाँ असमञ्जस्य अवस्थामा हुनुहुन्थ्यो,” स्रोतले भन्यो, “त्यसपछि एकाएक उहाँको राजीनामाको खबर सार्वजनिक भयो ।”

पेसामा फर्कन बाधा खडा भएपछि राजीनामा : यादव
त्यसबारे जानकारी लिन खोज्दा संयोजक यादवले बोल्न चाहेनन् । “मैले राजीनामा दिनुको अरू कुनै कारण छैन, म आफ्नो पेसामा फर्कन बाधा खडा भएपछि राजीनामा दिएका हुुँ,” यादवले बाह्रखरीसँग भने, “मलाई यति धेरै समय दिनुपर्छ भन्ने लागेको थिएन । म यति धेरै समय यता दिएर पेसाबाट टाढा बस्न सक्दिनँ, त्यसैले राजीनामा दिएको हुँ ।” उनले पार्टीका विवादका विषयमा आफूलाई चासो नभएको र त्यसमा प्रवेश गर्न पनि नचाहने भन्दै विवादबाट उम्किएको संकेत गरे ।

यादवको राजीनामापछि कांग्रेसको जारी महाधिवेशन के हुन्छ भन्ने जवाफ कांग्रेसका कुनै नेताले दिन सकेका छैनन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १०:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro