देश
काठमाडौं । वीर अस्पतालले ५० जना नर्सका लागि दरखास्त आह्वान गरेको छ । अस्पतालले छ महिने करार सेवामा नियुक्तिका लागि ५० जना नर्स माग गरेको हो ।
आवेदनका लागि बिहीबारसम्मको म्याद तोकिएको छ ।
त्यस्तै भक्तपुर क्यान्सर अस्पतालले विभिन्न ६ पदमा कर्मचारीको माग गरेको छ । अस्पतालले ६ महिने करार सेवामा १४ जना कर्मचारी माग गरेको हो । अस्पतालले आवेदनका लागि १५ दिनको म्याद राखेको छ ।
प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८ १४:३७
प्रतिक्रिया दिनुहोस्