काठमाडौं । तालिबानले अफगानिस्तानको सत्ताकब्जा गरेपछि अन्तरिम सरकारका प्रधानमन्त्री बनेका मोहम्मद हसन अखुन्द कान्दाहारमा जम्मिएका हुन् । उनको जन्ममिति यकिन छैन ।
संयुक्त राष्ट्रसंघ (यूएन)ले उनको जन्मको बारेमा दुईवटा मिति अनुमान गरेको छ । सन् १९४५–१९५० र १९५५–१९५८ बीचको समयमा उनको जन्म भएको हुन सक्ने अनुमान गरिएको छ । उनी आधुनिक अफगानिस्तानका संस्थापक पश्तुन जातिका अहमद शाह दुर्रानीका सन्तति हुन् ।
अखन्दु १९९४ मा तालिबान स्थापना गर्ने चारजना संस्थापकमध्ये एक हुन् । उनी लामो समयदेखि तालिबानको शक्तिशाली नेतृत्त परिषद् (रेहभरी शुरा)को प्रमुख छन् ।
अखन्दु तालिबानका तत्कालीन प्रमुख मुल्लाह मोहम्मद ओमारका निकट सहयोगी थिए । उनले अफगानिस्तानमा १९९६–२००१ मा तालिबानको शासनकालमा विदेशमन्त्री एवं उपप्रधानमन्त्रीको रूपमा काम गरेका थिए । त्यति बेला इस्लामिक एमिरट अफ अफगानिस्तानका प्रधानमन्त्री मुल्लाह मोहम्मद रब्बानी थिए ।
त्यति बेलाको सरकारमा अखुन्दले निर्वाह गरेको भूमिकालाई लिएर उनी संयुक्त राष्ट्रसंघको प्रतिबन्धमा छन् । यूएनको एउटा प्रतिबन्ध प्रतिवेदनले उनलाई ओमारको एक ‘निकट सहयोगी र राजनीतिक सल्लाहकार’ भनी उल्लेख गरेको छ । एजेन्सीको सहयोगमा ।