देश
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकीकृत एम्बुलेन्स तथा पूर्वअस्पताल सेवा सञ्चालन निर्देशिका–२०७७ खारेज गरी ‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८ जारी गरेको छ ।
नयाँ निर्देशिका अनुसार जनस्वास्थ्य ऐन र नियमावलीको प्रावधानले तोकेका स्वास्थ्य संस्थाले एम्बुलेन्स सेवा सञ्चालन गर्ने व्यवस्था गरिएको छ । यसरी एम्बुलेन्स सञ्चालन गर्दा ‘क’ र ‘ख’ कुन वर्गको प्राप्ति वा खरिद गर्न लागिएको स्पष्ट पार्नुपर्ने र यी दुई वर्गका एम्बुलेन्सलाई मात्रै राजस्व छुटको सिफारिस गरिने व्यवस्था गरिएको छ ।
त्यस्तै, यी एम्बुलेन्स चालक, कर्मचारी र त्यसमा रहने स्वास्थ्यकर्मीहरूका लागि पनि निर्देशिकाले मापदण्ड तोकेको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८ १२:१५
प्रतिक्रिया दिनुहोस्