देश
काठमाडौं । असोज १ गतेदेखि काठमाडौंमा भौतिक रुपमै विद्यालय र कलेजहरुमा पठनपाठन हुने भएको छ । कोरोना महामारीका कारण भौतिक रुपमा पठनपाठन हुन सकेको थिएन ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार स्थानीय तहको अनुमतिमा स्वास्थ्य मापदण्ड पालना गरी शैक्षिक संस्था भौतिक रुपमा खोल्न सकिने छ । शैक्षिक संस्था खोल्नेबारे प्रशासन र स्थानीय तहबीच सहमति भएको हो । हाल अनलाइनमार्फत पठनपाठन हुँदै आएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८ १६:२८
प्रतिक्रिया दिनुहोस्