site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
के सेयर बजारको ‘ट्रेन्ड’ परिवर्तन भएकै हो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिडको जोखिमसँगै २०७६ चैत ११ गतेबाट देशव्यापी लकडाउन भयो । 

मुलुक पूर्णतः ठप्प भयो । यो समयमा अन्य व्यापार व्यवसायजस्तै सेयर बजार पनि बन्द रह्यो । तर अनलाइन ‘ट्रेडिङ’ गर्न सकिने भन्दै चौतर्फी दबाब भएपछि खुलेको थियो ।  

२०७७ असार १५ गते ११८८.७१ अंकमा बन्द भएको नेप्से २०७८ भदौ २ गते ३१९९.०३ अंकमा पुग्यो । 

Prabhu Bank
Agni Group
NIC Asia

कोभिडका कारण भएको पहिलो चरणको लकडाउनपछि खुलेको नेप्से पछिल्लो साढे १३ महिनामा १६९ प्रतिशत अर्थात् २०१०.३१ अंकले वृद्धि भयो ।  भदौ  २ गते  ३१९९.०३ अंकको नयाँ उचाई कायम गरेको नेप्से त्यसयताको  ९ कारोबार दिनमा नै  ११.८८ प्रतिशत अथात् ३८०.१८ अंकले करेक्सन भइसकेको छ । 

सेयर बजार एकोहोरो बढ्ने अथवा घट्ने मात्रै नभएर घटबढ हुने चरित्र नै हो । नेप्सेले ११८८ अंकबाट ३२०० अंकको बिन्दु छुँदा बीचमा ५–७ प्रतिशतको करेक्सन आए पनि ठूलो करेक्सन भने देखिएको थिएन । 

Global Ime bank

१३–१४ महिनाको अवधिमा नै नेपसे इन्डेक्समा १७० प्रतिशशको वृद्धि भएको र यस बीचमा बजार लगभग एकोहोरो बढ्दै गएको अवस्थामा कुनै नै कुनै बिन्दुमा पुगेर घट्ने नै अवस्था बनेको विज्ञहरु बताउँछन् ।

सेयर बजारमा बुलिस र बियरिस गरी दुईवटा साइकल हुने गर्दछ । बढ्दो बजारमा निश्चित विन्दुमा पुगेपछि बजारले आफ्नो बाटो परिवर्तन गर्ने गर्दछ । 

नेपालको धितोपत्र बजार अन्य बजारमा जस्ता ‘इन्ट्रा–डे ट्रेडिङ’, ‘सर्ट सेलिङ’ जस्ता सुविधा नभएको हुँदा मूल्य बढ्दा मात्रै लगानीकर्ताले नाफा आर्जन गर्ने एकपक्षीय बजार रहेको छ । केही लगानीकर्ता ‘इन्ट्रा–डे’ ‘सर्ट सेलिङ’ गर्न सक्ने भए पनि अधिकांश लगानीकर्ताको लागि अहिलेको संरचना नै बुझ्न कठिन छ । 

यस्तो बजारमा लगानीकर्ताको अपेक्षा बजार बढिरहोस् भन्ने हुनु स्वाभाविक पनि हो । तर,  बजार बढ्दै जाँदा कुनै नै कुनै विन्दुमा पुगेर करेक्सन आउनु स्वाभाविक मान्छन् विज्ञ ।

तर त्यो विन्दु कुन हो भन्ने पूर्वानुमान गर्न सबैलाई मुस्किल हुन्छ । पछिल्लो ९ कारोबार दिनमा नेप्सेमा जुन किसिमले गिरावट भएको छ त्यो स्वाभाविक करेक्सन हो अथवा बजारले अब ‘ट्रेन्ड’ परिवर्तन गरेको हो ? यो करेक्सनमा सेयर किन्ने कि बजारबाट अब बाहिरिने, अब सेयर बजार के होला ? यी र यस्ता प्रश्नले लगानीकर्ताको मनमा खुल्दुली बनाइरहेको छ । 

के अब बजारले ट्रेन्ड परिवर्तन गरकै हो त? यसमा लगानीकर्ता र सेयर विश्लेषकका आ–आफ्नै  विश्लेषण रहेको देखिन्छ । 
तर, बजारमा अहिलेको गिरावटमा केही फ्याक्टरले पनि काम गरेको देखिन्छ । 

कोभिडको कारण नेपाल राष्ट्र बैंकले बजारमा तरलता सहज गर्न लचिलो मुद्रा नीति लिँदा गत आर्थिक वर्षमा बजारमा पर्याप्त तरलताका साथै कर्जाको ब्याजदर पनि धेरै नै न्युन विन्दुमा आएको थियो ।  

तर चालु आर्थिक वर्षमा भने सन्तुलित भने पनि कर्जाको लगानी गर्ने मामिलामा भने संकुचित नीति लिएको छ ।

सीसीडी रेसियोलाई हटाएर सिडी रेसियो कायम गर्दा भदौ महिनामा नै बैंकिङ प्रणालीमा तरलता अभाव भएको छ ।

बैंकहरुसँग एक खर्बमाथि कर्जा लगानी गर्ने क्षमता भए पनि महंगो दरमा एसएलएफ लिएर लगानी गर्नुपर्ने अवस्था छ । 

जसले गर्दा कर्जाको ब्याजदर बढ्दै गएको छ । 

सेयर बजार उच्च विन्दुमा पुगेको र ब्याजदर बढ्न सक्ने अवस्थामा अबको दिनमा  लगानीकर्ताको रोजाई उच्च ब्याजदर पाएको अवस्थामा सेयर बजारबाट लगानी झिकेर सुरक्षित मुद्धति निक्षेप बन्न सक्ने आशंका पनि रहेको छ । अर्कोतर्फ सरकार परिवर्तनपछि  प्रतिस्थापन विधेयक ल्याउने तयारी सरकारले गरेको बजेट खर्च हुने अवस्था देखिँदैन । 

त्यस्तै तेस्रो चरणको कोभिड आउन सक्ने र लकडाउन हुनसक्ने चर्चा भइरहँदा सरकारले पूर्णरुपमा लकडाउन हटाएको छ । 

अर्को कारण केही उद्योगी व्यवसायीले लकडाउनका बेला आफ्नो व्यापार व्यवसायको रकम सेयर बजारमा लगानी गरेका थिए ।

लकडाउन खुला भएसँगै उनीहरुले पनि आफ्नो लगानी फिर्ता लिएको अनुमान छ ।

जसको कारण सेयर बजारमा भएको लगानी बाहिरिने अनुमान रहेको सेयर विश्लेषक  रुक्मागत काफ्ले बताउँछन् । 

नेपाल राष्ट्र बैंकले हालै ल्याएको मौद्रिक नीति र  त्यसपछि  आएको परिपत्र मार्फत मार्जिन प्रकृतिको सेयर धितो कर्जाको व्यक्तिगत सीमा १२ करोड र त्यसमा पनि प्रतिबैंक ४ करोड मात्रै लिनसक्ने व्यवस्था गरेको छ । लगानीकर्ताले राष्ट्र बैंकको उक्त व्यवस्थाको चर्को विरोध गरिरहेका छन् ।

त्यस्ता लगानीकर्ता सीमित रहेको र उनीहरुले नै विरोध गरेको विश्लेषकहरु बताउँछन् ।

बैंकबाट रिसाइकल गर्दै अर्बौँ कर्जा लिएर बनेका ठूला लगानीकर्ताले त्यसको आलोचना गरिरहँदा विश्लेषकहरु भने १२ करोडको सीमाले बजार ‘प्यानिक’ हुुनपर्ने अवस्था नरहेको बताउँछन् । लगानीकर्ताको नाममा खुलेको विभिन्न संगठनहरुले गभर्नरको राजीनामासमेत मागेका छन् । 

सामाजिक सञ्जालमा चर्को आलोचना पनि भइरहेको देखिन्छ । यी विभिन्न कारणले गर्दा सेयर बजारमा ‘वियरिस टे«न्ड’ नै नभने पनि करेक्सन आउनु स्वाभाविक रहेको सेयर विश्लेषक तथा  लगानीकर्ताको भनाई छ ।  

नेपाल उद्योग वाणिज्य महासंघ पुँजीबजार फोरमका सभापति समेत रहेका सेयर लगानीकर्ता अम्बिका पौडेल भने राष्ट्र बैंकको उक्त व्यवस्थाका कारण बजारमा प्रभाव पर्ने भए पनि त्यसको भन्दा बढी प्रभाव सामाजिक सञ्जालका माध्यमबाट हुने हल्ला भएको बताउँछन् ।

उनले यसका साथै आन्दोलन र गभर्नरको राजीनामालगायतका विषय उठ्नुले पनि अस्थिरता पैदा गरेको बताउँछन् ।

यसले गर्दा  आम लगानीकर्तालाई  बजार त साच्चै नै घट्ने नै रहेछ भन्ने अवस्था सिर्जना गराउने र उनीहरुमा मनावैज्ञानिक दबाब पर्ने पौडेल बताउँछन् । 

तर १२ करोडको सीमाले प्रभाव पर्दैन भनेर भन्न नसकिने उनको तर्क छ ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तसम्म १२ करोड भन्दा बढी मार्जिन प्रकृतिको सेयर धितो कर्जा लिने ऋणीको संख्या (संस्थागत र व्यक्तिगत) १६२ रहेको छ । के अब त्यसो भए नेपालको सेयर बजार १६२ जना लगानीकर्ताले नै धानेका हुन् त ?

के लाखौँको संख्यामा लगानीकर्ता रहेको बजारमा १६२ जना लगानीकर्तालाई प्रभावित गर्नेगरी आएको नीतिले बजार प्रभावित हुनुपर्ने अवस्था हो त ? भन्ने प्रश्न पनि खडा भएको छ । 

मार्जिन प्रकृतिको सेयर धितो कर्जा लिने कति छन् ?

नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तसम्म मार्जिन प्रकृतिको सेयर कुल १ खर्ब ४ अर्ब कर्जा गएको छ । ८ हजार ५६४ जना ऋणीले उक्त कर्जा लिएका छन् ।

त्यसमध्ये १२ करोडभन्दा माथि कर्जा लिने ऋणीको संख्या १६२ रहेको र उनीहरुले १३ अर्ब बढी कर्जा लिएको तथ्यांक छ ।

४ करोड भन्दा बढी मार्जिन प्रकृतिको सेयरधितो कर्जा लिनेको संख्या भने ६३६ रहेको छ । उनीहरुले कुल २३ अर्ब कर्जा लिएका छन् । 

यो तथ्याङले पनि १२ करोडको सीमाले ठूलो संख्यामा सेयर लगानीकर्ता प्रभावित हुने अवस्था देखिँदैन । 

अन्य मुलुकमा सेयर लगानीको लागि मार्जिन लोन बैंकले दिने गर्दैनन् । 

भारतमै डिम्याट हुनेले २० लाख र नहुनेले १० लाखसम्म मार्जिन लोन त्यो पनि सेयर खरिदभन्दा अन्य प्रयोजनाको लागि मात्रै दिन पाउने व्यवस्था रहेको छ । भारतमा ब्रोकरले नै निश्चित अवधिको लागि मार्जिन सुविधा दिने व्यवस्था रहेको छ । 

सेयर बजारमा वियरिस ट्रेन्ड सुरु भएकै हो ? 

सेयर विश्लेषक रुक्मागत काफ्ले सेयर बजारमा अहिले नै ‘वियरिस’ ट्रेन्ड सुरु भएको भन्न नमिल्ने बताउँछन् । 

नेप्सेले एउटा उचाई कायम गरिसकेकोले अहिले करेक्सन आउनु स्वाभाविक भएको भए पनि वियरिस ट्रेन्ड नै हो भन्ने अवस्था नरहेको उनको टिप्पणी छ । तर बजार अझै घट्न सक्ने उनी बताउँछन् ।

“कोभिडको कारणले गर्दा अन्य लगानीको वातावरण नहुँदा उद्योगी व्यवसायीका साथै बैंकको पैसा पनि सेयर बजारमा आउँदा एसेस्ट्समा बबल भएको थियो,” उनले भने, “अब विस्तारै लगानीको वातावरण बन्दै गएको छ भने बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा व्याजदर पनि बढ्दै गएको छ, जसको प्रभाव सेयर बजारमा स्वाभाविक रुपमा देखिने नै भयो, त्यसैले बजारमा अझै केही घट्ने सक्ने देखिन्छ,” उनले भने ।

अर्कोतर्फ मार्जिन प्रकृतिको सेयर धितोमा रिसाइकल भयो भन्दै राष्ट्र बैंकले १२ करोडको सीमा तोकेको छ जुन साना लगानीकर्ता र बजारको हितमा भएको उनको तर्क छ । 

यसले बजारलाई बबल बनाउने भन्दा पनि प्राकृतिक बजार बनाउन सहयोग गर्ने उनको तर्क छ । मार्जिन सीमा दिने हो भने ब्रोकरलाई योग्य बनाएर ब्रोकरमार्फत दिनुपर्ने उनको तर्क छ । 

नेप्सेले ३००० अंकको विन्दु पार गरेपछि ठूला लगानीकर्ता बाहिरिएको उनको दाबी छ । 

अहिले उनीहरु नै १२ करोडको सीमालाई मुद्दा बनाएर आन्दोलन गर्ने र गभर्नरको राजीनामा माग्ने जस्ता कार्यमा केही स्वार्थ समूह लागे पनि साना लगानीकर्ता र बजारका लागि हित नै गरेको उनको दाबी छ ।

चार्टड एकाउन्टेन्टसमेत रहेका सेयर विश्लेषक अनलराज भट्टराई पनि सेयर बजारको उताचढावलाई सामान्य मान्नुपर्ने र अहिलेको करेक्सनलाई पनि त्यहीरुपमा बुझ्नुपर्ने बताउँछन् ।

मार्जिन प्रकृतिको सेयर धितो कर्जामा सीमा तोक्दा राष्ट्र बैैंक आफ्नो हिसाबले सही भए पनि त्यसको केही प्रभाव बजारमा देखिनु स्वाभाविक भएको उनी बताउँछन् ।

तर त्यसैलाई आफअनुकूल व्याख्या गर्दै बजार घटाएर आफ्नो लगानी गर्ने अवसर पनि खोजिरहेको उनको तर्क छ । 

यद्यपी अहिले बजारमा परिसूचक र कारोबार रकम घट्दा लगानीकर्ताको मनोबल कमजोर भएको देख्न सकिने उनी बताउँछन् । 
यसले अझै करेक्सन बाँकी रहको देखाए पनि बजारले पनि ‘बाउन्स ब्याक’ हुने भएकोले अहिले आत्तिनुपर्ने नरहेको भट्टराईको तर्क छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  १८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !