site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
दि नेपाल डिस्टीलरिजले थाल्यो कृषिको बृहत्तर विकासका लागि विशेष पहल
Sarbottam CementSarbottam Cement

काठमाडौं । दि नेपाल डिस्टिलरिज प्रा.लि.ले नेपाल फार्मर्स एड्भाइजरी काउन्सिलसँगको सहकार्यमा उखु खेतीको प्रवर्द्धन गर्न विशेष पहल सुरु गरेको छ । मधेस प्रदेशको मुख्य नगदेबाली उखु खेतीको प्रवर्द्धन र यसप्रति किसानको आकर्षण वृद्धि तथा कृषि क्षेत्रको बृहत्तर विकासका लागि डिस्टीलरिजले यस्तो पहल थालेको हो ।

दि नेपाल डिस्टिलरिजको आर्थिक व्यवस्थापन तथा नेपाल फार्मर्स एडभाइजरी काउन्सिलको प्राविधिक सहयोगमा केही समयअघि धनुषामा उखु खेती प्रवर्द्धनका लागि सीमान्तकृत समुदायका कृषकहरूको सीप, क्षमता तथा आय अभिवृद्धिसम्बन्धी विशेष अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल डिस्टीलरिजले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत  सिरहा, सप्तरी, महोत्तरी र धनुषाका अगुवा किसानहरूलाई उखु खेती प्रवर्द्धनका लागि सीपमूलक तथा आय अभिवृद्धि अभिमुखीकरण र प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा आयोजक द नेपाल डिस्टिलरिजका प्रमुख प्रशासकीय अधिकृत जनकराज रेग्मीले उखुबाट चिनी उत्पादन मात्र नभई यसका बहुआयामिक गुणबारे किसानहरूलाई एकै ठाउँमा राखेर बुझाइएको र खेतीको विस्तार, प्रवर्द्धन एवम् संरक्षण गर्न आफूहरूले यो कार्यक्रम गरेको प्रष्ट पारे ।

Global Ime bank

कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले उखु किसानले वर्षौदेखि समयमा भुक्तानी नपाउने, मल नपाउने, बिउ नपाउनेलगायत भोगिरहेका समस्याको सम्बोधन गर्ने गरिने बताए । उखु खेतीको विकास गर्न मधेसका आठवटै जिल्लालाई समेट्ने गरी प्रदेश उखु विकास बोर्ड गठनका लागि गृहकार्य भइरहेको उनले जानकारी दिए ।

मधेस प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले उखु किसानहरूको समग्र माग र आवश्यकतालाई सम्बोधन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रदेशका हरेक नगरपालिकामा कृषि ज्ञान केन्द्र स्थापना गरी कृषि क्षेत्रको विकास गरिने बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १२:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement