site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
बोहोराटारमा पौडेल पक्षको बैठक : १८ गतेअघि नै सभापतिको साझा उमेदवार खोज्ने प्रयास 
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बोहोराटारमा सुरु भएको छ ।

सभापति शेरबहादुर देउवाविरुद्ध एक मात्र उमेदवार तय गर्न सके आफ्नो पक्षको जित सुनिश्चित रहेको भन्दै पौडेलपक्षीय नेताहरूले लगातारजसो छलफल गरिरहेका छन्  ।

मंगलबारको बैठकमा क्रियाशील सदस्यताको धाँधलीविरुद्ध एकजुट हुने निर्णय गरेका उनीहरूले सरकारको प्रभावकारिताका विषयमा पनि प्रश्न उठाएका थिए । उनीहरूले आफूले पाउने मन्त्रालयमा मात्र नियुक्त गरेर भए पनि सरकारको प्रभावकारिता स्थापित गर्न प्रधानमन्त्री देउवालाई सुझाव पनि दिएका छन् ।

Dabur Nepal
NIC Asia

यही भदौ १८ गतेअगावै सभापतिको साझा उमेदवार तय गर्न छलफललाई निरन्तरता दिने प्रयास उनीहरूले गरेका छन् । आज बिहान १० बजेदेखि नै पौडेल निवास बोहोराटारमा बैठक बसिरहेको छ ।

कांग्रेसको १४औँ महाधिवेशनको प्रक्रिया भदौ १८ गतेबाट प्रारम्भ हुँदै छ । त्यसअघि नै सभापतिको साझा उमेदवार तय गर्ने वा आफूहरू एक छौँ भनेर वडा अधिवेशनदेखि नै एउटा सन्देश दिएर आफ्नो पक्षका नेता–कार्यकर्ता वडादेखि नै संगठित गराउने प्रयासमा पौडेल पक्ष छ ।

कांग्रेस नेता शेखर कोइराला महाधिवेशनसम्म कुनै पनि टिम कायम नरहने दाबी गर्छन् । तर, उनी आफैँ भने पौडेल पक्षको भेलामा सहभागी भइरहेका छन् ।

नेताहरूले सभापतिमा धमाधम उमेदवारी सार्वजनिक गरिरहेका छन् । सभापति देउवाको टिम छोडेर उपसभापति विमलेन्द्र निधिले सभापतिमा उमेदवारी घोषणा गरिसकेका छन् भने युवाको प्रतिनिधित्व भन्दै कल्याण गुरुङले आजै उमेदवारी सार्वजनिक गर्दै छन् ।

सभापति शेरबहादुर देउवाले केही महिनाअघि नै प्रदेशका नेताहरू भेटेर महाधवेशनको तयारीमा जुट्न आह्वान गरिसकेका छन् । आफू पुनः सभापति हुने भन्दै देउवाले यसपटक वडाबाटै तयारी गरेर महाधिवेशन प्रतिनिधिहरूको स्पष्ट बहुमत देखाउने प्रयास थालेका छन् ।

१३औंँ  महाधिवेशनमा देउवासँग चुनाव लडेर सबै पदाधिकारी जितेर पनि मुख्य पद सभापतिमा हारेका वरिष्ठ नेता पौडेल पक्ष भने देउवाको विकल्पमा आफ्नो एक मात्र उमेदवारी भए चुनाव जितिने भन्दै साझा उमेदवारको खोजीमा जुटिरहेको छ । अघिल्लोपटक कृष्णप्रसाद सिटौलाले आफ्नो पक्षका कार्यकर्तालाई भ्रमित पारेर देउवालाई सहयोग पुर्‍याएको भन्दै यसपटक सिटौलाबाट कार्यकर्ता भ्रमित हुने अवस्था नरहेको बुझाइमा पौडेल पक्ष छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  १०:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro