राजनीति
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपाल नेकपा (एकीकृत समाजवादी) पार्टीमा खुलेकी छन् ।
आज पेप्सिकोलामा आयोजित उपत्यकामा उपलब्ध सिन्धुपाल्चोकका कार्यकर्ताको भेलामा उनी सहभागी भएकी छन् । नेकपा (एमाले)मा माधवकुमार नेपाल समूहमा रहेकी नेपाल समाजवादीमा नै खुलेकी हुन् । एमालेमा नेपाल समूहको गढ मानिएको सिन्धुपाल्चोकका जनप्रतिनिधिले पार्टी स्पष्ट गरेका छैनन् ।
एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई दल रोज्नका लागि निर्वाचन आयोगले यही भदौ २२ गतेसम्मको म्याद दिएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८ १४:४५
प्रतिक्रिया दिनुहोस्