काठमाडौं । नारायणी र यसका सहायक नदीहरू विशेषगरी मर्स्याङ्दी र कालीगण्डकीमा आज पानीको बहाव बढ्ने तथा सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमान छ ।
कोसी र यसका सहायक नदीहरूमा पनि बहाव बढ्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । तिनाउ र पश्चिम राप्तीमा पनि बहाव बढ्ने जनाइएको छ ।
कर्णाली, महाकाली र यिनका सहायक नदीहरूमा बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान छ ।
कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, बबईलगायतमा पनि बहाव सामान्य घटबढ हुने तथा सतर्कता तहभन्दा तलै रहने जनाइएको छ ।
आज संखुवासभा, सोलुखुम्बु, खोटाङ, पर्सा, महोत्तरी, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, मकवानपुर, चितवन, नवलपुर, पर्वत, स्याङ्जा, तनहुँ, बागलुङ, लमजुङ, कास्की, म्याग्दी, नवलपरासी, पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, जुम्ला, कालीकोट, दैलेख, जाजरकोट, मुगु, अछाम, बैतडी, डोटी, बझाङ, डडेलधुरा, कञ्चनपुर, कैलाली र आसपासका जिल्ला भई बहने स–साना
नदीहरूमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान छ ।
नदी तटीय तथा डुबान भइ्रहने क्षेत्रहरूमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।