site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्रिकेट प्रशिक्षकमा वाटमोरको विकल्प को ?
फाइल तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी

काठमाडौं । मुख्य प्रशिक्षक डेभ वाटमोरले शुक्रबार अप्रत्याशित रूपमा राजीनामा दिएपछि नेपाली राष्ट्रिय क्रिकेटमा एक खालको अन्योलता छाएको छ । नेपाल क्रिकेट संघ (क्यान)सँग एक वर्षका लागि सम्झौता गरेपनि समयसीमा सकिनुअघि नै ह्वाट्मोरले पदबाट हट्ने निर्णय गरेका छन् । उनले कोभिड–१९ महामारील‍े  परिवारसँगै बस्न नपाएको कारण देखाएर राजीनामा दिनुपरेकाे बताएका छन् । 

नेपाली क्रिकेट टोली आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र ओमानविरुद्धको त्रिदेशीय शृंखला खेल्नका लागि ओमान छ । नेपालले मस्कटमा भदौ २८ देखि असोज ४ गतेसम्म त्रिदेशीय शृंखला खेल्नेछ । त्यसअघि नेपालले पीएनजीसँग दुई एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्नेछ । 

यस्तो महत्वपूर्ण प्रतियोगिताको मुखैमा मुख्य प्रशिक्षक वाटमोरले राजीनामा दिएका हुन् । प्रशिक्षकको अपर्झटको निर्णयले क्यान पनि चकित भएको छ । प्रशिक्षकको राजीनामासँगै अब क्यानले विकल्प खोज्नुपर्नेछ ।

‘‘हामीले अहिले तत्काल नयाँ दरखास्त आह्वान गरेर प्रशिक्षक ल्याउने सोच बनाएका छैनौँ । पहिले हामीले अन्र्तवार्ता लिएका मध्येबाटै कोही एक जनालाई ल्याउने प्रयास गर्नेछौँ,’’ नेपाल क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले बाह्रखरीसँग भने । 

मुख्य प्रशिक्षक नियुक्तिका लागि क्यानमा ७२ जनाले आवेदन दिएका थिए । त्यसबाट सुरुमा २५ जनाको ‘सर्टलिस्ट’ तयार पारियो । उनीहरूमध्ये पनि लिस्ट ‘ए’मा परेका १४ जनालाई अन्तर्वार्तामा बोलाइएको थियो ।

क्यानले वाट्मोरलाई नियुक्त गर्ने क्रममा अन्तिममा चार जनालाई छनोट गरेको थियो । त्यसमध्येबाट पनि क्यानले वाटमोरलाई रोजेको थियो । नेपालका पूर्व प्रशिक्षक पुबुदु दशानायके, अपूर्व सुबोधभाइ देसाई, नेइल क्याक्रेइ लगायतले अन्तरवार्ता दिएका थिए ।

क्यानका सचिव प्याकुरेलले अब सुबोधभाइ देसाइ, क्याक्रेइ र पुबुदुलाई पुनः सम्पर्क गर्ने बताएका छन् । ती तीन जना नेपाल आउन नमानेमा अन्य प्रशिक्षक खोज्ने प्याकुरेलले बताए । 

“तीन जना प्रशिक्षकलाई हामीले विकल्पका रूपमा राखेका थियौँ । अब हामीले उनै तीन जनामध्ये एकलाई ल्याउने प्रयास गर्नेछौँ । त्रिदेशीय शृंखला सकिने विक्तिकै मुख्य प्रशिक्षक नियुक्तिको प्रक्रिया थाल्नेछौँ,” प्याकुरेलले बाह्रखरीसँग भने । 

वाटमोर डिसेम्बर २०२० मा नेपालको प्रशिक्षकमा नियुक्त भएका थिए । उनले २०२१ जनवरीबाट नेपाली टोलीको प्रशिक्षण सम्हालेका हुन् । उनको प्रशिक्षणमा नेपालले घरेलु मैदानमा भएको मलेसिया र नेदरल्यान्ड्सविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिजनको उपाधि जितेको थियो । 

जसमा नेपालका लागि युवा खेलाडी कुशल भुर्तेलले डेब्यू सिरिजमा लगातार तीन खेलमा अर्धशतक बनाउने कीर्तिमान बनाएका थिए । 

क्यानले यसअघि भारतीय मुलका प्रशिक्षक लालचन्द राजपुतलाई पनि मुख्य प्रशिक्षक बनाउने प्रयास गरेको थियो । तर, अन्तिम समयमा लालचन्दले नेपाल अउन नमान्दा क्यानले दर्खास्तमार्फत मुख्य प्रशिक्षक नियुक्तिको प्रक्रिया अघि बढाएको थियो ।
 
नेपालका लागि पहिलो रोजाइमा रहेका पुबुदु अहिले कुनै पनि टिमसँग आवद्ध छैनन् । उनी नेपाल आउने कुरा भने चलेको छ । नेपाली घरेलु लिग एभरेस्ट प्रिमियर लिगमा भैरहवा ग्लाडियटर्सको प्रशिक्षकको भूमिकामा रहनेछन् । नेपाली टोलीलाई सफल बनाएका उन पुनः नेपाल आउने मनसाय बनाएको बुझिएको छ ।

ब्याटिङ प्रशिक्षकका रूपमा एकपटक नेपाल आएको सुबोधभाई देसाई पनि हाल नेपाली टोलीको प्रशिक्षका लागि रोजिएका मुख्य पात्र हुन् । नेपाली टोलीमा नै एकपटक ब्याटिङ प्रशिक्षकको भूमिका निभाएका उनलाई थप सहज हुनेछ । 

स्कटल्यान्डका नेइल क्याक्रेइ पनि क्यानका लागि पहिलो रोजाइको प्रशिक्षकमा परेका छन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, भदौ १३, २०७८  १७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro