site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

आफ्नो नाम मुछिएको मुद्दाको सुनुवाइबाट अलग हुने निर्णय गरेर प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाले सराहनीय उदाहरण प्रस्तुत गरेका छन् । संवैधानिक परिषद्सम्बन्धी रिटका सम्बन्धमा संवैधानिक इजलासमा कानुन व्यवसायीले ‘स्वार्थको द्वन्द्व’को प्रश्न उठाएपछि शुकवार उनले अब हुने सुनुवाइमा आफू अलग हुने निर्णय गरेका हुन् ।
 
प्रधान न्यायाधीश राणाको यस निर्णयबाट पछिल्ला केही महिना यता चम्किलो हुँदै गएको सर्वोच्च अदालतको छवि  झन् उज्यालो भएको छ । नेपालको संविधानको भावनाविपरीत संवैधानिक परिषद्सम्बन्धी ऐनमा अध्यादेशबाट संशोधन गराएर तत्कालीन प्रधानमन्त्री केपी ओलीको सरकारले थुप्रै संवैधानिक निकायहरूमा पदाधिकारी नियुक्त गरेको थियो । 

सभामुख र तत्कालीन विपक्षी नेताले बहिष्कार गरेको संवैधानिक परिषद्को बैठकमा उपस्थित हुँदा उतिबेला प्रधान न्यायाधीश राणाको चर्को आलोचना भएको थियो । उनीमाथि ओलीसँग मिलेर नियुक्तिमा भागबण्डा गरेको आरोपसमेत सामाजिक सञ्जाल र सञ्चार माध्यममा लागेको थियो । 

KFC Island Ad
NIC Asia

त्यही कारणले संवैधानिक परिषद्सम्बन्धी रिटको सुनुवाइमा प्रधान न्यायाधीश राणाको उपस्थिति हुँदा स्वार्थको द्वन्द्व देखिने भन्दै रिट निवेदकका वकिलले प्रश्न उठाएका थिए । तर, संवैधानिक इजलासको नेतृत्व नै प्रधान न्यायाधीशले गर्ने प्रावधान स‌विधानमा भएकाले रिटमा सुनवाइ हुनसकेको थिएन ।

स्वाभाविक रूपमा यस्तो अप्ठेरो प्रधान न्यायाधीशले नै सुल्झाउनु पर्थ्यो । उनले विवेक प्रयोग गरेर न्यायालयको मर्यादाका पक्षमा निर्णय लिएको देखियो । यसबाट प्रधान न्यायाधीश राणाले आफूमाथि लागेको नियुक्तिमा भागबन्डा गरेको आरोपमा पनि शंकाको सुविधा पाएका छन् ।

Royal Enfield Island Ad

आफ्नो नाम मुछिएको मुद्दाको सुनुवाइबाट अलग हुने प्रधान न्यायाधीश राणाको निर्णय नौलो अभ्यास भने होइन । पहिले पनि धेरै न्यायाधीशले यस्तो अभ्यास गर्दै आएका छन् । यस्तो अभ्यासले न्यायालयप्रति जनविश्वास बढ्छ । प्रधान न्यायाधीश राणाको यो निर्णय विधिको शासनप्रति जनविश्वास बढाउने हुनाले सराहनीय छ ।

स‌ंसद् छलेर ऐन संशोधन गरी स‌ंसदीय सुनुवाइसमेत नगरी स‌वैधानिक निकायमा जस्केलाबाट गरिएको नियुक्तिविरूद्धमा परेको रिटमा अब विश्वसनीय सुनवाइको बाटो खुलेको छ । अर्को शुकवारका लागि पेसी तोकिएको यस मुद्दाको किनारा अब छिटै लाग्ने अपेक्षा गर्न सकिन्छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १२, २०७८  १२:५५
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro