site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घुमुवा प्रहरीबारे समाचार लेख्दा लागु औषध राखेर पक्राउ गरियो !

जनकपुरधाम ।  गत साउन ३२ गते बेलुका ५ बजे रौतहटका पत्रकार मोहम्मद मोजिबुल्लाहको मोबाइलको घण्टी बज्यो । 

उनी त्यसबेला रौतहट एक्सप्रेसको कार्यालयमा थिए । ग्रीन सिग्नल होटलका सञ्चालक राकेश सिंहले फोन गरेर काम विशेषले भेट्न अनुरोध गरे । 

“कोरोना महामारीमै होटल खोलेँ, प्रचार प्रसार पनि भएको छैन । विज्ञापन गरिदिनुपर्‍यो, आउनु न,” होटलका सञ्चालकले अनुरोध गरेको कुरा सुनाउँदै मोजिबुल्लाहले बाह्रखरीसँग भने । 

करिब आधाघण्टा पछि मोजिबुल्लाह त्यहाँ पुगे । बीआर ३० एस १८८७ नम्बर प्लटेको भारतीय मोटरसाइकलमा मोहम्मद गुलाबलाई सँगै लिएर गएका थिए ।

होटलको तल औषधि पसल अगाडि उनले मोटरसाइकल पार्किङ गरे ।

होटलमा गए, त्यहाँ रोशन झा नामका व्यक्ति पनि थिए । विज्ञापनको लागि आवश्यक समाग्री पाएपछि मोजिबुल्लाह निस्किन खोजे ।

राकेश र रोशन चिनजानकै भएको हुनाले खाजा खाएर जान अनुनय गरे । उनीहरुको अनुरोधलाई मोजिबुल्लाहले इन्कार गर्न सकेनन् । 

“खाजा खान बस्यौं, खाजा खाँदा झन्डै एक घन्टा बित्यो,” मोजिबुल्लाहले भने, “त्यहाँबाट खाजा खाएर हतार हतारमा निस्केँ । एक किलोमिटर पर पुगेपछि एक समूहले मोटरसाइकल रोक्न भने, रोके ।”

मोटरसाइकल रोकेर आफुलाई कुनै जानकारी नदिइ खोजतलाश गर्न थालेको उनले सुनाए । प्रहरीले अचानक गरेको व्यवहार देखेर अचच्मित भएका उनले प्रहरीलाई मोटरसाइकलको सिट खोल्न दिएनन् ।

नजिकै रहेको साइकल मर्मत गर्ने ठाउँमा गएर खोेल्न लगायो । 

“सिट खोल्दा केही भेटिएन । त्यसपछि फिल्टरको नट पनि खोल्न खोज्दै थियो । तर एउटा प्रहरी ‘मलाई थाहा छ, कहाँ राखेको छ’ भन्दै अगाडि बढे,” उनले त्यतिबेलाको दृष्य सुनाउँदै भने, “त्यहाँ १ सय ५ वटा लागुऔषध नाइट्रोभेट प्रहरीले बरामद ग¥यो ।”
त्यसपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लियो । 

नियतवश प्रहरीले नै राखेको थियो लागुऔषध 

लागुऔषध तस्करीको आरोपमा मोजिबुल्लाहले प्रहरी हिरासतमा ९ दिन बिताउनुपर्‍यो ।

“प्रहरीको नियत गलत नभएको भए छानबिन नै नगरी मलाई किन सरकारी वकिल कार्यालय लग्यो ?,” उनले भने, “सामान्यतया प्रहरीले २४ घण्टा पुग्न लागेपछि अदालतमा लैजान्छ, म्याद थपका लागि । तर मेरो हकमा प्रहरीले यति हतार गर्‍यो कि १० बजे खुल्ने अदालतमा ९ बजे नै पुर्‍यायो । साढे ८ मै सरकारी वकिलको कार्यालयमा लगिसकेको थियो ।” 

अदालतले ८ दिनको म्याद थपेपछि पीसीआर जाँच गरी प्रहरी हिरासतमा राख्यो । भदौ २ गतेबाट मोजिबुल्लाह जिल्ला प्रहरी कार्यालयको हिरासतमा पुग्दा पनि अनेकन यातना दिएको गुनासो गरे । 

“हिरासतमा बस्दा मलाई राति १०–११ बजेतिर निकालेर मुद्दा फाँटमा लगिन्थ्यो । सोधपुछ गरिन्थ्यो, म एउटा कुरा गरिरहेको हुन्थें,” उनले भने, “अर्कै कागज बनिरहेको हुन्थ्यो । मैले होटलवालाले बोलाएको भनिरहेको थिएँ । प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट तस्करी गरेको हो भनेर टाइप गरिरहेको थियो ।”

सरकारी वकिलको कार्यालयमा बयान दिन जाँदा प्रहरीले जबर्जस्ती कागज गराएको कुरा मोजिबुल्लाहले सुनाए । त्यसपछि सरकारी वकिलले फेरि बयान गराउन प्रहरीलाई भनेको थियो ।

सीसीटीभी भिडियोले उदांगियो प्रहरी 

प्रहरी सहायक निरीक्षक उदय यादव र प्रहरी जवान मनोज साह (कानु)कै उपस्थितिमा अन्य दुईजना व्यक्तिले मोजिबुल्लाहको मोटरसाइकलमा लागुऔषध राखेको भिडियोमा स्पष्ट देख्न सकिन्छ ।

मोजिबुल्लाह होटलमा रहेका बेला प्रहरी उनको मोटरसाइकल नजिक पुगेर लागुऔषध रहेको झोला झुन्ड्याएको भिडियोमा देख्न सकिन्छ । 

घुमुवा प्रहरीको निगरानीमा धिरज यादव र जितेश यादव नामका व्यक्तिले मोटरसाइकलमा राखेको भिडियो कैद भएपछि प्रहरीको फसाउने नियत सार्वजनिक भएको हो ।

पत्रकार मोजिबुल्लहाले केही दिन पहिला घुमुवा आतंक र तस्करीबारे समाचार सम्प्रेषण गर्दा पत्रकार मोजिबुल्लाहलाई फसाएको स्थानीय सञ्चारकर्मी मदन ठाकुरको दाबी छ ।

दुई प्रहरी निलम्बित

रौतहट प्रहरीले सीसीटीभीमा कैद भएको भिडियोको अधारमा दुई प्रहरीलाई निलम्बन पनि गरेको छ । प्रहरी सहायक निरीक्षक उदय यादव र प्रहरी जवान मनोज साहलाई निलम्बन गरेको हो । 

रौटहटका प्रहरी उपरीक्षक सिद्धीविक्रम साहका अनुसार धिरज यादव र सर्लाहीका जितेश कुमार यादवसँग प्रहरीद्वयले कुराकानी गरेर लागु औषध राखेको पाइएको छ ।

रौतहट प्रहरीले जारी गरेको विज्ञप्तिमा पनि सोही कुरा उल्लेख गरी निलम्बन गरेको जनाएका छन् । प्रहरी उपरीक्षक साह पनि विभागमा तानिएका छन् ।

उच्च स्तरीय छानबिनको माग

नेपाल पत्रकार महासंघ रौतहट शाखाले घटनामा प्रहरीको गम्भीर मिलोमतो देखिएको भन्दै उच्चस्त्तरीय छानबिन गर्न माग गरेको छ । 

निर्दोष पत्रकारलाई फसाएको उल्लेख गर्दै निष्पक्ष छानबिनको लागि विभिन्न निकायमा पत्रचार गर्दै छन् । प्रहरी प्रधान कार्यालयले एक छानबिन समिति पनि गठन गरेको छ । एसएसपी कृष्णकुमार महतको नेतृत्वमा चार सदस्य गठित समतिले छानबिन गरिरहेको छ । 
 

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  १५:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro