site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उमेर समूहका क्रिकेट प्रतियोगिता हुनै मुस्किल 

काठमाडौं । घरेलु क्रिकेटमा उमेर समूहका प्रतियोगिता हुन छोडेको लामो समय भएको छ । सन् २०१४ यता नेपालमा यू–१९ का राष्ट्रिय प्रतियोगिताहरु भएका छैनन् । यसको असर खेलाडी उत्पादनमा परेको छ । यसबाहेक राष्ट्रिय क्रिकेट टोलीमा लामो समयदेखि अधिकांश खेलाडी पुरानै छन् । 
 
पछिल्लो समय नेपाली टोली तयार पार्दा एकेडेमीमा खेलिरहेका खेलाडीहरु मात्र ट्यालेन्ट हन्टका आधारमा घरेलु लिगमा खेल्ने गरेका छन् । उनीहरुले राष्ट्रिय स्तरको प्रतियोगिताभन्दा एकेडेमीमा सिकेको क्रिकेटका कारण नेपाली घरेलु लिग एभरेस्ट प्रिमियर लिग (ईपीएल), धनगढी प्रिमियर लिग (डीपीएल), पोखरा प्रिमियर लिग (पीपीएल)मा खेल्न पाउँछन् ।
 
त्यसबाहेक नेपालमा पछिल्लो समय खेलाडी उत्पादनको लागि अन्य कुनै विकल्प छैन । नेपालमा उमेर समूहका केही प्रतियोगिता नभएका भने होइनन् । तर, राष्ट्रिय स्तरको प्रतियोगिता नभएको लामो समय भयो । एकेडेमी स्तरबाट यू–१६, यू–१४ स्तरको प्रतियोगिता भने भएका छन् । 

क्यानले नयाँ नेतृत्त्व पाएसँगै उमेर समूहका क्रिकेट प्रतियोगिताका लागि प्रश्न उठ्न थालेको छ । सिनियर टिमको खेलहरु हुनु र युवा खेलाडी छनोटका खेलहरु नहुँदा राष्ट्रिय टोलीमा पुरानै अनुहार देखिने खेल प्रेमीको गुनासो छ । यस विषयमा भने नेपाल क्रिकेट संघ (क्यान) आफूहरु उमेर समूहको प्रतियोगिता गर्ने कुरामा सकारात्मक भएको बताउँछ । 

क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले आफूहरुले उमेर समूहको क्रिकेट प्रतियोगिताका लागि योजना बनारहेको बताए । उनले कोरोनाको त्रास हट्न वित्तिकै प्रतियोगिताका लागि प्रक्रिया अगाडि बडाउने बताए । साथै उमेर समूहको प्रतियोगिता गर्न स्पोन्सरको पनि आवश्यक्ता पर्ने भएकाले त्यसका लागि पनि आफूहरुले प्रयास गरिरहेको बताए । 

“उमेर समूहको प्रतियोगिता नै नगर्ने भन्ने होइन । हामीले त्यसका लागि प्रयास गरिरहेका छौं । कोरोना महामारी अन्त्य हुने वित्तिकै हामीले प्रतियोगिताको कामलाई अघि बढाउने छौं । त्यसका लागि स्पोन्सर पनि खोजिरहेका छौं । उमेर समूहका खेलहरु नहुँदा हामीलाई पनि खेलाडी उत्पादनमा असहज भएको छ,” प्याकुरेलले भने । 

प्याकुरेलले अर्काे वर्षको वार्षिक कार्यक्रमको पहिलो लक्ष्य नै यू–१९ क्रिकेट प्रतियोगिता रहेको बताएका छन् । उनले त्यसका लागि क्यानले कार्ययोजना बनाइसकेको र स्पोन्सरको कुरा पनि पूरा भएको बताए । 

नेपाली यू–१९ पुरुष क्रिकेट टोलीका पूर्व प्रशिक्षक विनोद दास पनि उमेर समूहको प्रतियोगिता नहुँदा खेलाडी छनोट र उत्पादनको कुरामा असहज भएको बताउँछन् । खेलाडी उत्पादनको मुख्य पाटो नै उमेर समूहका प्रतियोगिताहरु भएकाले क्यानले यसलाई प्रथामिकताका साथ हेरेको बताए । क्यानका व्यवस्थापक समेत रहेका दास नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पनि हुन् ।
 
“खेलाडी उत्पादनको मुख्य जग भनेकै उमेर समूहका प्रतियोगिताहरु हुन् । पछिल्लो समय उमेर समूहका प्रतियोगिता नहुँदा नेपाली क्रिकेटमा नयाँ अनुहारको पनि कमी छ । क्यानले उमेर समूहको राष्ट्रिय प्रतियोगितालाई मुख्य प्रथामिकताका साथ हेरेको छ । राष्ट्रिय खेलाडी उत्पादनको मुख्य पाटो नै बन्द हुँदा नेपाली सिनियर टोलीका लागि पनि सहज पक्कै हुँदैन,” दासले भने ।
 
आईसीसीले क्यानलाई निलम्बन गर्नु पूर्व नेपालमा महिला तथा पुरुषको यू–१९ क्रिकेट प्रतियोगिता भएको थियो । त्यसयता नेपालमा घरेलु स्तरमा उमेर समूहको प्रतियोगिता भएको छैन । २०७५ सालमा क्यानको नयाँ कार्यसमिति आउँदा पनि घरेलु स्तरमा उमेर समूहको प्रतियोगिता भने भएको छैन् ।
 
एसिया, अमेरिका र इष्ट एसिया–प्यासिफिक क्षेत्रको यु–१९ विश्वकप छनोट प्रतियोगता रद्ध गर्दा नेपाली टोलीले विश्वकप क्रिकेट खेल्ने बाटो टुटेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बिहीबार यु–१९ पुरुष विश्वकपको अमेरिका एसिया र इष्ट एसिया–प्यासिफिक क्षेत्रको छनोट प्रतियोगिता रद्ध गर्ने निर्णय सार्वजनिक गरेको छ । आईसीसीले कोभिड–१९ महामारीको कारण देखाउँदै प्रतियोगिता गर्न नसक्ने बताएको छ । प्रतियोगिता नहुने भएपछि २०२२ मा वेष्ट इन्डिजमा हुने प्रतियोगिताका लागि आईसीसीले युनाइटेड अरब इमिरेट्स (यूएई), क्यानडा र पपुवान्युगिनी (पीएनजी) छनोट भएको घोषणा गरेको छ । यससँगै नेपाली टोलीको विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, भदौ ११, २०७८  ०७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro