site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकी सेनाले अगस्ट ३१ मै अफगानिस्तान छोड्ने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले आलोचनाको बाबजुद यही अगस्ट ३१ तारिखमै अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता हुने निर्णयमा अडिग रहेको घोषणा गरेका छन् । यो निर्णयले उद्धार कार्य थप लम्ब्याउनुपर्ने साझेदार मुलुकहरूको मागलाई अस्वीकार गरेको छ ।

जी–७ मुलुकका नेताहरूले उद्धारको समयसीमा लम्ब्याउन आह्वान गरेका थिए । तर, राष्ट्रपति बाइडेनले उडानहरूको संख्यामा वृद्धि भएको भन्दै समयसीमाभित्रै उद्धार कार्य सम्पन्न हुने आफ्नो विश्वास दोहोर्‍याएको बीबीसीले जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“जति छिटो सम्पन्न हुन्छ त्यति राम्रो,” उनले भने । समयसीमा लम्ब्याउँदा अमेरिकी फौज र नागरिकहरूलाई जोखिम हुन सक्ने उनको भनाइ छ ।

आईएसआईएस–केले अमेरिकी फौज, गठबन्धन बल र निर्दोष नागरिकहरूलाई आक्रमणको लक्ष्य बनाउन खोजिरहेका उनले बताए । अमेरिकी सञ्चारमाध्यमका अनुसार केही सैनिक फर्किइसकेका छन् । यद्यपि, उद्धार कार्य भने प्रभावित भएको छैन ।

Royal Enfield Island Ad

अगस्ट १५ मा तालिबानको कब्जामा परेको काबुलबाट कम्तीमा ७० हजार मानिसलाई उद्धार गरिएको छ । तालिबान लडाकुहरूले उद्धार कार्यको समयसीमा थप्न नसकिने बताउँदै आएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ९, २०७८  ०८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro