site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad

राज्य सञ्चालन गर्ने शासकहरू नै लाछी भए भने राष्ट्रिय स्वाभिमान पनि फोस्रो आडम्वर बन्न पुग्छ । दार्चुलाका जयसिंह धामीलाई भारतीय सुरक्षाकर्मीले तुइन फुस्काएर महाकालीमा खसालेको घटनामा नेपाल सरकारको लाछी व्यवहारले राष्ट्रिय स्वाभिमानमै चोट लागेको छ ।  
 
दार्चुला जिल्लाको व्यास गाउँपालिका– २ मालघाटमा तुइनबाट महाकाली तर्न लागेका बेला  भारतीय सुरक्षाकर्मीले तुइन चुँडाइदिँदा नेपाली नागरिक जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको महिना दिन पुग्न लाग्यो । घटना सार्वजनिक हुनेबित्तिकै नेपाली जनमानस आक्रोशित भएको थियो भने सत्तारुढ नेपाली का‌ग्रेसकै प्रवक्ताले समेत छानबिन गरी  घटनाको वास्तविकता सार्वजनिक गर्न र भारतीय पक्षसँग संवाद गर्न सरकारको ध्यानाकर्षण गरेका थिए । 
 
घटनाप्रति देशभर आक्रोश प्रकट भएपछि सरकारले छानबिन समिति पनि गठन गरेको थियो । तर, छानबिन समिति गठन गरिएको तीन साता बढी भइसक्ता पनि प्रतिवेदन बुझाइएको छैन । सञ्चार माध्यमहरूमा प्रकाशित समाचारअनुसार समितिका दुई जना सदस्य अकस्मात बिदामा बसेकाले प्रतिवेदन तयारै गरिएको छैन । 
 
छानबिन समितिले घटनास्थलको भ्रमण गरेको र भारतीय पक्षले द्रोण उडाएर खोजतलास गर्नसमेत असहयोग गरेको समाचार यसअघि नै सार्वजनिक भइसकेको हो । नेपाल सरकारले भने यस विषयमा समिति गठन गरेकोदेखि बाहेक न अरू केही गरेको छ न घटनाका सम्बन्धमा केही बोलेको छ ।
 
राष्ट्रिय स्वाभिमान जोडिएको छानबिनको कामलाई सरकारले उच्च महत्त्व दिनुपर्थ्यो । समितिका कर्मचारी बिदामा नबसी नहुने कुनै कारण परेको भए सरकारले सट्टामा अर्को कर्मचारी खटाउनुपर्थ्यो । तर, सरकारको आलटालले घटना दबाएर सामसुम पार्न खोजेको सन्देह उत्पन्न भएको छ । 
 
अहिले नेपाल भ्रमणमा आएका भारतका सत्तारुढ दलका नेतालगायतसँग सरकार र विपक्षका नेताले यस विषयमा प्रश्न उठाएको भए सरकारले त्यसको जानकारी जनतालाई देओस् । प्रमुख विपक्षी नेताले पनि भारतीय नेतासँगको भेटमा जयसिंह धामीको हत्याको विषय उठाएका भए सार्वजनिक जानकारी दिनुपर्छ । 
 
दार्चुला घटनालगत्तै २०७८ साउन १६ को सम्पादकीय हामीले नेपाल सरकारलाई “तत्काल कूटनीतिक र प्रशासनिक दुवै माध्यमबाट भारत सरकारसमक्ष नेपालको विरोध दर्ज” गराउन माग गरेका थियौँ । साथै हामीले भारत सरकारले “दार्चुला घटनामा जघन्य अपराध गर्ने भारतीय सुरक्षाकर्मीलाई” कारबाही गर्न र पीडित धामी परिवारसँग क्षमायाचना गर्ने तथा क्षतिपूर्ति दिने नैतिक साहस” देखाउन आग्रह गरेका थियौँ । 
 
अहिले पनि हामी धामीको परिवारले न्याय र क्षतिपूर्ति पाउनुपर्छ र नेपाल तथा भारत सरकारले यस घटनालाई बेवास्ता गरेर थामथुम पार्ने हुँदैन भन्ने धारणा दोहो र्‍यfउँछौँ । यस्ता घटनालाई उपेक्षा गर्दा दुवै देशका जनतामा आक्रोश बढ्न सक्छ । 
 
विशेषगरी नेपाल सरकार यसबाट हुने क्षतिका सम्बन्धमा गम्भीर हुनुपर्छ । विदेशी सुरक्षाकर्मीको हातबाट आफ्नो देशको नागरिकको ज्यान गएको घटनामा पनि  लाचारी देखाउने सरकारले देशमा शासन चलाउने नैतिक अधिकार जो गुमाउँछ । नेपाल सरकार लाछी नबनोस् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  १३:१४
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro