site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पर्यटक आकर्षित गर्ने उपाय ‘भी–टू–भी’ !

काठमडौं । ‘भी–टू–भी’ अर्थात ‘भ्याक्सिनेटेड टू भ्याक्सिनेटेड’ । यो अवधारणा पर्यटन क्षेत्रमा प्राथमिकताका साथ उठाइएको छ । विश्वका पर्यटन गन्तव्य मुलुकहरुले यही अवधारणालाई आत्मसाथ गर्दै पर्यटन गतिविधिलाई अगाडि बढाएका छन् । सोही अवधारणा नेपालमा पनि प्रयोगमा ल्याउनुपर्ने माग पर्यटन व्यवसायीहरुको छ ।

कोरोनाविरुद्ध खोप लगाएका पर्यटकलाई खोप लगाएका व्यक्तिले नै सेवा दिने भन्ने अवधारणा हो यो । लामो समयसम्म पनि कोरोनाको त्रास कायमै रहेका बेला विकसित मुलुकहरु जसलाई खोपको उपलब्धता भयो, उनीहरुले अहिले यो प्रचलनलाई व्यापकता दिँदै अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्न खोजिरहेका छन् ।

भी–टू–भी अवधारणा संसाभर सुरु भएको र पर्यटकीय गतिविधि विस्तार गर्ने महत्वपूर्ण विकल्प नै भएको होटेल संघ नेपालका वरिष्ठ उपाध्यक्ष विनायक शाह बताउँछन् । दुबईलगायत देशले यही अवधारणा अनुसार अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गरिरहेको उनले बताए । “संसारभर नै भी–टू–भी अभियान चलेको छ । यसले राम्रो रेस्पोन्स पनि पाएको छ । हामीले पनि यो अभियानमार्फत पर्यटन क्षेत्रलाई गतिशील बनाउन सक्छौं,” उनले भने ।

सोही कारण पर्यटनसँग सम्बन्धित सबै संघसंस्थाले पर्यटन क्षेत्रको अग्रभागमा रहेर काम गर्नेहरुलाई खोपको प्राथमिकतामा राखिदिन सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । दुई डोज खोप लगाएका अन्तर्राष्ट्रिय पर्यटक नेपाल भ्रमणमा आउन निकै उत्साहित भएको व्यवसायीको भनाइ छ । “हिमाल चढ्ने, टे«किङ्ग गर्ने विदेशी पर्यटकहरु नेपालमा आउन धेरै इच्छुक छन् । उनीहरु दुई डोज खोप लगाएकाहरु नै हुन् । उनीहरुलाई सेवा दिने हाम्रा कर्मचारी पनि भ्याक्सिनेटेड हुने हो भने सेवा लिने र दिने दुबैलाई त्रास र संक्रमण कम हुन्छ,” शाहले भने ।

अहिले सरकारले गरेको व्यवस्था अनुसार नेपालमा आउने पर्यटक क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ । तर, खोप लगाएर आएका पर्यटकलाई क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था मिलाउनुपर्ने बताउँछन् टानका अध्यक्ष खुमबहादुर सुवेदी । “युरोप, अमेरिकाबाट पर्यटकहरुले बढी चासो लिएका छन् की नेपाल भ्रमणमा आउँदा क्वारेन्टिन बस्न पर्छ कि पर्दैन भनेर । नेपालमा आउँने वित्तिकै एन्टिजिन परीक्षण गराउने र कोरोना नभए सहज रुपम घुम्न पाउने हो भने उनीहरु नेपाल आउन तयार छन्,” उनले भने । अन्य मुलुकमा पनि दुई डोज खोप लगाएका पर्यटकलाई क्वारेन्टिनमा बस्नु पर्ने व्यवस्था नभएको पनि उनले बताए । “सकारात्मक सन्देश दिन पनि खोप लगाएका पर्यटकलाई क्वान्टिन बस्न नपर्ने व्यवस्था गर्न आवश्यक छ,” उनले भने, “खोप लगाएर आउँदा पनि किन क्वारेन्टिन बस्नुपने ?”

उनले पर्यटकीय गन्तव्य भएका स्थलमा खोप अझै नलगाइएको बताए । व्यवसायी र कर्मचारीलाई खोप लगाउने हो भने आन्तरिक पर्यटनमा पनि चहलपहल आउने उनको भनाइ छ ।

यस्तै नाट्टा अध्यक्ष अच्यूत गुरागाईं पनि डबल डोज खोप लगाएकाहरु नेपाल घुम्न आउन इच्छुक रहेको बताउँछन् । “खोप लगाएका कर्मचारीले उनीहरुको स्वागत गर्ने र घुमाउने हो भने धेरै विदेशी पर्यटक नेपालमा आउनेछन् । त्यसका लागि पर्यटन क्षेत्रका कर्मचारीलाई खोपको प्राथमिकतामा राख्नुपर्छ,” उनले भने ।

उनले सातै प्रदेशमा पर्यटन व्यवसायी र कर्मचारीलाई खोपको प्राथमिकतामा राख्ने आश्वासन सरकारले दिएको पनि बताए ।

एभरेष्ट ट्रेकिङ रुट, लाङ्टाङ टेट्रेकिङ रुटका कर्मचारीले खोप लगाइसेको उनले बताए । “सबै व्यवसायीलाई खोप दिने हो भने आउने सिजनमा पर्यटकलाई स्वागत गर्न पाउँछौं भन्ने विश्वास छ,” उनले भने । 

उनले खोप लगाएकालाई मास्क पनि लगाउनु नपर्ने व्यवस्था अन्तर्राष्ट्रिय समुदायमा रहेको भन्दै खोप लगाएका पर्यटकलाई सहज रुपमा नेपालमा घुम्न दिने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए ।

एयरपोर्ट होटेल संचालकसमेत रहेका संघका वरिष्ठ उपाध्यक्ष शाह पर्यटन क्षेत्र अझै पनि प्राथमिकतामा पर्न नसकेको बताउँछन् । “स्वास्थ्य क्षेत्रमा के गर्ने भन्ने योजना छ तर अर्थतन्त्रलाई कसरी अगाडि बढाउने भन्ने योजना छैन । अर्थतन्त्र कसरी अगाडि बढ्ने भन्ने स्पष्ट नीति सरकारको हुनुपर्यो,” उनले भने । अहिलेको अवस्थामा खोप लगाएका पर्यटकलाई नेपालमा आउने वित्तिकै एन्टिजेन परीक्षण गराउने र रिपोर्ट नेगेटिभ आएकालाई सहज रुपमा घुम्न दिनुपर्छ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro