site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

केही दिन यता कोभिड-१९ को सङ्क्रमण काठमाडौं उपत्यकालगायत विभिन्न जिल्लामा निकै बढेको छ । यही भदौ ६ गतेसम्ममा २२वटा जिल्ला संक्रमितको सङ्ख्याका आधारमा ‘रेड जोन’मा छन् । सङ्क्रमणको जोखिम बढेअनुसार स्वास्थ्य सुरक्षा मापदण्ड भने प्रभावकारी बनाइएको देखिँदैन ।

यस‍ै क्रममा काठमाडौं जिल्ला प्रशासनले बजारमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए नभएको अनुगमन सुरु गरेको समाचार छ । अनुगमनका क्रममा व्यापारीलाई मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्न, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न व्यापारीहरूलाई निर्देशन दिइएको छ । यसैगरी, सार्वजनिक यातायात र बजारमा स्वास्थ्य सुरक्षा मापदण्ड पालन गराउन जिल्ला प्रशासनले अनुगमनमा वृद्धि गर्ने पनि बताइएको छ ।

KFC Island Ad
NIC Asia

हुन पनि नियमितरूपमा प्रभावकारी अनुगमन नहुँदासम्म सबै विधि र निषेधका नियम अर्थहीन हुन्छन् । यसै पनि कोभिड- १९ नियन्त्रणको प्रयास नेपालको फितलो अनुगमन र हेलचेक्य्राइँको उदाहरण बनेको छ । यस अवस्थामा काठमाडौं जिल्ला प्रशासनले राजधानीका व्यस्त बजार क्षेत्रमा अनुगमन गरेर मास्क नलगाउने व्यापारीलाई जरिवाना गरेर सराहनीय काम गरेको छ । 

नेपाली समाजले कोभिड- १९ को जोखिमलाई बेवास्ता गर्दै आएको देखिन्छ भने प्रशासन पनि प्रायः झारा टार्न बढी उद्यत देखिएको छ । समाजले स्वास्थ्य मापदण्डको पालनामा हेलचेक्य्राइँ गरेको छ भने सरकारले पनि सङ्क्रमण नियन्त्रणका उपायहरू कार्यान्वयनमा खेलाँची गर्दैआएको देखिन्छ ।  

Royal Enfield Island Ad

कोभिडविरुद्ध खोप तयार नहुँदासम्म बन्दाबन्दी (लकडाउन)लाई मुख्य उपायका रूपमा अपनाइयो । खोप आएपछि यसैलाई रामवाण मानियो । तर, न बन्दाबन्दीले न खोपले कोभिडको सङ्क्रमण रोक्न सकिएको छ । लाग्छ, कोभिड-१९ नामको भाइरसले निकट भविष्यमा मानिस जातिलाई नछाड्ने अठोट गरेको छ ।

कोभिडले जनजीवनमात्र होइन अर्थतन्त्र पनि क्षतविक्षत बनाएको छ । अब सुरुको समयको जस्तो बन्दाबन्दी न जनजीवनले न राष्ट्रिय अर्थतन्त्रले नै धान्न सक्ने देखिन्छ । यसैले अब कोभिडसँग जोगिँदै सामाजिक आर्थिक क्रियाकलाप अगाडि बढाउनुबाहेक अरू उपाय छैन । तर, कोभिडसँगै बाँच्नुपर्ने भयो भन्दैमा नियन्त्रणका उपाय बेवास्ता गरे हुन्छ भन्ने पक्कै होइन ।  

यसैले अब कोभिड नियन्त्रणमा सरकारले र समाजले पनि नयाँ रणनीति अपनाउनु आवश्यक देखिन्छ । खोप सुरु भएपछि नेपालमा परीक्षणलाई कम महत्त्व दिइएको छ । यो गलत सिद्ध भइसक्यो । खोपका साथै परीक्षण पनि निःशुल्क र व्यापक बनाउनु सम्भवतः सङ्क्रमण नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय हो । परीक्षण व्यापक भएमा सङ्क्रमण नियन्त्रण गर्न सकिने हुनाले उपचारमा लाग्ने जनशक्ति र रकम जोगिन्छ ।

यसैगरी स्वास्थ्य सुरक्षाका मापदण्डको अनुगमन पनि अझ व्यापक र नियमित बनाइनु जरुरी छ । उपत्यकामात्र होइन बाहिरका जिल्लामा पनि अनुगमनमा ध्यान पुग्नुपर्छ । देशभर समानरूपमा सतर्कता र सुरक्षाका उपाय अपनाएमात्र सङ्क्रमण नियन्त्रण हुनसक्छ । यसैले प्रशासन र समाज दुवैले कोभिडसँग जुधेरै जीवनयापन गर्नुपर्ने वास्तविकता बोध गरेर सुरक्षित र सक्रिय रहने उपाय अपनाउनुपर्छ । अहिलेको भगवान भरोसे रणनीति र सनकी शैली बदल्नुको विकल्प देखिँदैन । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८  १४:०६
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro