site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रद्वारा पदभार ग्रहण
SkywellSkywell

जनकपुरधाम । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पदभार ग्रहण गरेका छन् । बुधबार मधेश भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा झाले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै प्रदेश प्रमुख मिश्रले शान्ति र अमनचयनका लागि काम गर्ने बताए । प्रदेश सरकारसँग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने भन्दै उनले निष्पक्ष रूपमा आफ्नो कर्तव्य पूरा गर्ने बताए । 

Dabur Nepal
NIC Asia

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेश प्रमुखमा नियुक्त गरे लगत्तै मंगलबार मिश्रले शपथ लिएका थिए । प्रदेश प्रमुखमा नियुक्त भएर जनकपुर आएका मिश्रलाई जनकपुर विमानस्थलमा स्वागत गरिएको थियो । प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री राम सरोज यादवसहित नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले विमानस्थलमा स्वागत गरेका हुन् । 

मिश्र महोत्तरीको पिपरा गाउँपालिकाको पिपरा बस्ने कांग्रेसका पुराना नेता स्वर्गीय रामनारायण मिश्रका छोरा हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  १७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro