site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्यानका पूर्वमहानिर्देशकहरू भन्छन्– प्राधिकरण टुक्राउन अत्यावश्यक

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी दुईवटा विधेयक राष्ट्रियसभाबाट पारित भएर प्रतिनिधिसभामा आउने क्रममा छ । सरकारले हालको नेपाल नागरिक उड्डयन प्राधिकरणको काम, कर्तव्य र अधिकारलाई टुक्राएर हवाई सेवा प्राधिकरण पनि गठन गर्न खोजेको छ ।

अहिले प्राधिकरणले आफैँ नियमन गर्छ भने आफैँ सेवा पनि दिन्छ । यो अन्तर्राष्ट्रिय प्रचलनविपरीत भएको विज्ञहरू बताउँछन् । प्राधिकरणलाई सेवा प्रदायक र नियमनकारी बनाउन खोजिएको छ । तर, प्राधिरकणका कर्मचारी त्यसको विरोध गर्दै आन्दोलन गरिरहेका छन् ।

राष्ट्रियसभाबाट पारित भएका नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र हवाई सेवा प्राधिकरण विधेयक, २०७६ राष्ट्रिय हित प्रतिकूल रहेको आरोप प्राधिकरणका कर्मचारीहरूको छ । उनीहरूले यी विधेयक फिर्ता हुर्नुपर्ने माग गरेका छन् ।

तर, प्राधिकरणकै पूर्वमहानिर्देशकद्वय रतिशचन्द्र लाल सुमन र सञ्जीव गौतम प्राधिकरणलाई टुक्राउन अत्यावश्यक रहेको बताउँछन् । प्राधिकरण आफैँले नियमन गर्ने र सेवा पनि दिने काम अन्तर्राष्ट्रिय अभ्यासविपरीत हुँदै आएको उनीहरूको भनाइ छ ।

यदि, कर्मचारीहरूले दुईवटा प्राधिरकण भएपछिको सेवा, सुविधा र कर्मचारी व्यवस्थापनको विषयमा प्रश्न उठाएका हुन भने त्यसको सम्बोधन गर्नुपर्ने पनि उनले बताए ।

पूर्वमहानिर्देशक सुमन एउटै निकाय नियमनकारी र सेवा प्रदायक हुन नहुने विश्वव्यापी अभ्यास रहेको बताउँछन् । उनले प्राधिकरणलाई टुक्राउँदा दुई संस्थाको स्पष्ट ‘डिमार्केसन’ हुनुपर्ने बताए । “एउटै निकाय सेवा नियामक र सेवा प्रदायक हुनु हुँदैन । दुईवटा स्वतन्त्र संस्था हुनुपर्छ । यी दुई संस्थाको स्पष्ट डिमार्केसन हुनुपर्छ,” उनले भने । स्पष्ट डिमार्केसन नभए विवाद हुन सक्ने पनि उनले बताए । “नेपालमा घुमाउरो पारामा ऐन, नियम बनाइन्छ । त्यसैले प्राधिकरणलाई टुक्राउन आवश्यक छ, तर स्पष्ट डिमार्केसन हुनुपर्छ,” उनले भने ।

उनले प्राधिकरणलाई टुक्राउन नहुने भन्दै गरिएको आन्दोलन नबुझेर गरिएको हुन सक्ने बताए । “अहिल कर्मचारीहरूको विरोध नबुझेर हुन सक्छ । तर, प्राधिकरण टुक्राउँदा दुई संस्थाको स्पष्ट मार्गदर्शन हुनुपर्छ ।”

यस्तै, पूर्वमहानिर्देशक गौतम पनि प्राधिकरणलाई टुक्राउन आवश्यक रहेको बताउँछन् । अहिले प्राधिकरण नियमनकारी निकाय र सेवा प्रदायक दुवै हो । एयर नेभिगेसन सर्भिस प्राधिकरणअन्तर्गत नै छ । यसैगरी, प्राधिकरणले निजी हवाई सेवा प्रदायकहरूको नियमन पनि गर्दै आएको छ । तालिम संस्था पनि प्राधिकरणभित्रै छ । यसरी एउटै निकायले नियमन गर्ने र सेवा पनि दिँदा नियमन प्रभावकारी हुँदैन भन्ने प्रश्न उठ्नु स्वाभाविक भएको उनले बताए ।

“एउटै संस्थाभित्र नियमनकारी निकाय र सेवा प्रदायक हुँदा नियमन गर्ने काम प्रभावकारी हुँदैन भन्ने विश्वभर स्थापित मान्यता हो,” उनले भने, “प्राधिकरणले एरोडम सञ्चालन पनि गर्ने र एरोडमलाई आफैँ नियमन पनि गर्दा त्यहाँ हुने कमी-कमजोरीलाई हेर्छ कि हेर्दैन भन्ने प्रश्न हो ।”

उनका अनुसार विश्वमा राम्रो प्रणाली भएका मुलुकबाहेक अन्य मुलुकमा यो छुट्टिएको छ । यो छुट्टिँदा नियमन प्रभावकारी हुन्छ भन्ने मान्यता रहेको उनले बताए ।

सन् २००९ देखि नै प्राधिकरणलाई टुक्राउनुपर्छ भन्ने आवाज अन्तर्राष्ट्रिय समुदायले उठाउँदै आएका छन् । विशेषगरी युरोपियन युनियनले प्राधिकरणले सेवा पनि प्रदान गर्ने भएकाले नियमन प्रभावकारी छैन भनेर नै नेपाललाई सेफ्टी लिस्टमा राखेको वर्षाैँ भइसक्यो ।

गौतमले प्राधिकरण टुक्राउँदा कर्मचारीहरूको व्यवस्थापन, सेवा, सुविधाको विषयमा कर्मचारीहरूले प्रश्न उठाएको भए उनीहरूको माग सम्बोधन गरिनुपर्ने बताए ।

दुईवटा विधेयक फिर्ताको माग गर्दै प्राधिकरणका कर्मचारी साउन २५ गतेदेखि नियमित आन्दोलनमा छन् । देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई जिम्मा लगाउने गरी विधेयक ल्याइएको आरोप कर्मचारीहरूको छ । यस्तै, कर्मचारीहरूले प्राधिकरणलाई टुक्राएर कमजोर संस्थामा रूपान्तरण गर्न खोजिएको, प्राधिकरणलाई टुक्राएर निश्चित स्वार्थ समूह हाबी गर्ने गरी विधेयक ल्याइएको पनि उनीहरूको आरोप छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, भदौ २, २०७८  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro