राजनीति
काठमाडौं । राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गर्ने निर्णयलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति भेट्न शीतल निवास पुगेका छन् ।
उनी केहीबेरअघि त्यहाँ पुगेको स्रोतले जानकारी दिएको छ ।
यसअघि बसेको मन्त्रिपरिषद् बैठकले २० प्रतिशत सदस्यले पार्टी विभाजन गर्न सक्ने व्यवस्थासहितको निर्णय गर्दै अध्यादेश सिफारिस गरेको थियो ।
प्रकाशित मिति: मंगलबार, भदौ १, २०७८ १४:१९
प्रतिक्रिया दिनुहोस्