अर्थ व्यवसाय
काठमाडौं । लक्ष्मी बैंकले रौतहटको गरुडा नगरपालिकाको वडा न. ४, गरुडाबजारमा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको जनाएको छ ।
नयाँ शाखाको शुरुवातसँगै लक्ष्मी बैंकको शाखा संजाल ४९ जिल्लामा १३४ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६३ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६१ शाखारहित बैंकिङ्ग एजेन्टहरु पुगेको जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८ १४:४६
प्रतिक्रिया दिनुहोस्