देश
काठमाडौं । रौतहटमा प्रतिबन्धित भारतीय नोटसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहार दरभंगा कम्तौल बस्ने ४० वर्षीय सन्जित साह छन् ।
गौर नगरपालिका–५ मेनचौकबाट पक्राउ परेका उनको साथबाट प्रतिबन्धित २ हजार दरका ६९ थान गरी जम्मा १ लाख ३८ हजार भारतीय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त प्रतिबन्धित भारतीय नोटसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८ १३:०७
प्रतिक्रिया दिनुहोस्