देश
काठमाडौं । काठमाडौंस्थित भारतीय दूतावासमा भारतीय स्वतन्त्रता दिवस मनाइएको छ । ‘आजादी का अमृत महोत्सव’का रुपमा मनाइएको दूतावासले जनाएको छ ।
कार्यक्रममा भारतीय राजदूत विनय मोहन क्वात्राले भारतीय झन्डा फहराएर उत्सवको सुरुवात गरेका थिए ।
भारतीय राष्ट्रपतिको सन्देश पनि उनले पढेर सुनाएका थिए । कार्यक्रममा राजदूतले भारतीय सशस्त्र बलका मृतक गोरखा सैनिकका आफन्तहरुलाई सहयोग रकम हस्तान्तरण गरेका थिए ।
प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८ १८:५१
प्रतिक्रिया दिनुहोस्