site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अर्थ समितिमा सेबोन अध्यक्षमाथि सांसदले उठाए नैतिक प्रश्न
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा अध्यक्ष भीष्मराज ढुंगानाले पदीय दायित्वविपरीत काम नगरेको दाबी गरेको छ ।

आइतबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोर्डले सर्वोत्तम सिमेन्ट धितोपत्र बोर्डको नियमनभित्र नआइसकेको पनि जनाएको छ । अध्यक्ष ढुंगानाको विवाहिता छोरीले कम्पनीको सेयर खरिद गरेको र बोर्ड कर्मचारी सेवा, सर्त नियमावली ६८ को नियम २ (झ) मा भएको व्यवस्थाले विवाहिता छोरीलाई परिवारभित्र नराखेको बोर्डले जनाएको छ ।

Dabur Nepal
NIC Asia

सोही व्यवस्थाअनुसार अध्यक्ष ढुंगानाको छोरीले सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको र त्यसमा अध्यक्षलाई मुछिनु तथ्यहीन र भ्रमपूर्ण मात्र रहेको जनाएको छ ।

समितिको बैठकमा सोधिएको प्रश्नमा अध्यक्ष ढुंगाना उपस्थित भए पनि बोर्डका उपकार्यकारी निर्देशक नवराज अधिकारीले त्यसको जवाफ दिएका थिए ।

त्यसपछि सांसद रामकुमारी झाँक्रीले कानुुनी रूपमा सही होला, तर नैतिक रूपमा ठिक छ ? भनी प्रश्न गरेकी थिएन् । उनले बोर्डका अध्यक्ष, नेप्सेका प्रमुख कार्यकारी अधिकृत र बोर्ड सञ्चालकमाथि उठेको प्रश्न स्पष्टीकरणले मात्रै पुग्छ ? भनी प्रश्न पनि गरिन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  १३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro