site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
एसिड पीडित आरतीलाई प्रदेश सरकारको ‘झुटो’ आश्वासन
SkywellSkywell

जनकपुरधाम । २८ माघ ०७७ मा प्रदेश २ सरकारले जनकपुरधामकी एसिड पीडित आरती साहलाई रोजगारी दिने घोषणा गरेको थियो । उपचार गराएर जनकपुर फर्किए लगत्तै प्रदेश सरकारले उनलाई जागिर र आर्थिक सहयोग गर्ने भनेको थियो । तर, हालसम्म पनि प्रदेश सरकारले कुनै सहयोग नगरेको आरतीको गुनासो छ ।

नयाँ आर्थिक वर्षको पहिलो महिना बित्नै लाग्दासमेत आरतीले न जागिर पाएकी छन् न त कुनै आर्थिक सहयोग नै । जागिर पाउने आश्वासन पाएपछि निरक्षर आरतीले सामान्य लेखपढ गर्न त्यतिबेलादेखि नै ‘ट्युसन’ क्लास लिइरहेकी छन् ।

KFC Island Ad
NIC Asia

“जागिर पाउने आशमा सामान्य लेखपढ गर्न शुल्क तिरेर पढिरहेको छु,” उनले भनिन्, “सरकारले जागिर दिने आश छ । साउनदेखि नै जागिरमा बोलाउने भनिएको थियो । तर, अहिलेसम्म बोलाएको छैन् ।”

प्रदेश सरकारले आफूमाथि विभेद गरेको आरतीको आरोप छ । “वीरगञ्जकी एसिड पीडितलाई घर पुगेरै आर्थिक सहयोग गरियो । म आफैँ कैयौँपटक मधेस भवन धाएपनि कसैले वास्ता गरेका छैनन्,” आरतीले भनिन् । उनलाई सरकारले जागिर नै नदिने हो कि भन्ने पिर छ । अहिले रकम अभावका कारण उनलाई उपचारमा कठिनाइ भइरहेको छ । 

एसिड प्रहारबाट आरतीको शरीरको १५ प्रतिशत भाग जलेको छ । दाहिने आँखा समेत गुमेको छ । उनलाई प्रत्येक महिना चेकजाँच गराउन काठमाडौं पुग्नुपर्छ । उनी केहीदिन अघि मात्रै चेकजाँच गराएकी फर्किएकी हुन् । उनका अनुसार प्रत्येकपटक जाँदा दस हजारभन्दा बढी खर्च लाग्छ । जिल्ला प्रशासन कार्यालयले उपचारका लागि जान आउन सवारी उपलब्ध गराउने भनेर पटकपटक भन्ने गरेको भएपनि जाने बेला अनेक बाहना देखाउने गरेको उनको गुनासो छ । 

“अस्पतालमा अप्रेसन खर्च मात्र सरकारले व्यहोरेको छ,” उनले भनिन्, “आउँदा जाँदा लाग्ने खर्च, खाना खर्च र अन्य सबै आफैँ तिर्नुपर्छ ।”

अहिलेसम्म काठमाडौंकी ‘एक दिदी’ले ५० हजार र जनकपुरधामका मेयरले ५० हजार मात्र सहयोग गरेको उनले बताइन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  १९:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro