काठमाडौं । ग्लोबल आईएमई बैंक र क्लासिक भिल्ला प्रा.लि. बीच सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मी र क्लासिक भिल्लाका अध्यक्ष बाबुराजा महर्जनले हस्ताक्षर गरेका छन् ।
उक्त समझदारी अनुसार बैंकले क्लासिक भिल्लाले ललितपुर महानगरपालिका वडा नं २३ धापाखेलमा निर्माण गर्ने आवासीय घर परियोजनामा घर/जग्गा खरिद गर्न चाहने नेपाली नागरिकहरूलाई सहुुलियत ब्याजदरमा घर कर्जा प्रवाह गर्नेछ । यसका साथै बैंक क्लासिक भिल्लाले निमार्ण गर्ने परियोजनाको बैकिङ्ग पार्टनरको रुपमा पनि रहने छ ।
बैंकले घर कर्जाको लागि ७.९९ प्रतिशत (प्रिमियम सहित)को ब्याजदरमा विशेष घर कर्जा योजना सीमित अवधिको लागि संचालन गरिरहेको जनाएको छ ।