site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
खोपमा निजी क्षेत्रलाई प्राथमिकता दिन्छौँ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ
SkywellSkywell

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड – १९ विरुद्धको खोपमा निजी क्षेत्रलाई प्राथमिकतामा राख्ने आश्वासन दिएका छन् । नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा उनले अर्थतन्त्र चलायमान बनाउने निजी क्षेत्रलाई खोपमा प्राथमिकता दिने बताए ।  

“सरकारले सबै नागरिकलाई निःशुल्क खोप वितरणको अभियानलाई तीव्र गतिमा अघि बढाइरहेको छ । हामी उद्योगी व्यवसायीलाई प्राथमिकतामा राखेर अघि बढ्छौँ,” उनले भने ।

Dabur Nepal
NIC Asia

उनले नेपाललाई आवश्यक पर्ने खोप खरिदको सम्पूर्ण प्रबन्ध पूरा भइसकेको पनि बताए । अबको डेढ महिनामा १ करोड ३ लाख डोज खोप नेपाल आइपुग्ने भन्दै उनले सबैलाई सहज रूपमा खोप उपलब्ध गराउने बताए ।

आगामी चैतसम्ममा ५ करोड ५० लाख डोज खोप नेपाल आउने उनको भनाइ छ ।

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले उद्योगी व्यवसायीले फ्रन्टलाइनरको रूपमा काम गरेर अर्थतन्त्रलाई चलायमान बनाइरहेको भन्दै देशभरका उद्यमीलाई खोप वितरणमा प्राथमिकता दिन आग्रह गरेका थिए । राजस्वमा करिब ७० प्रतिशत योगदान गर्ने निजी क्षेत्रलाई समयमै खोप उपलब्ध गराई चलायमान बनाउनेतर्फ सरकारले ध्यान दिनुपर्ने उनले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन २७, २०७८  १८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro