site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

मेलम्ची जलाधार क्षेत्रमा गएको बाढी पहिरोबाट खानेपानी आयोजनाको केही भौतिक संरचनालगायत जनधनको ठूलो क्षति भएको छ । क्षतिग्रस्त क्षेत्रको जनजीवन अस्तव्यस्त भएको छ भने दिनचर्या निकै कष्टकर भएको छ ।

विडम्बना, सरकार र समाजको पनि ध्यान भने मानिसका कष्टमा भन्दा भौतिक संरचनामा केन्द्रित भएको देखियो । बाढी पहिरो अझै आउन सक्छ । सँगै त्यस क्षेत्रका बासिन्दाको जनजीवन अझ कष्टकर हुनसक्छ । दुर्भाग्य, यता छलफल र चर्चा भने भौतिक संरचनाको पुनःनिर्माणमा सीमित छ । 

पक्कै पनि मेलम्ची आयोनाका काठमाडौंका लागि अत्यन्त महत्त्वपूर्ण छ । लामो प्रतीक्षापछि केही दिन भए पनि काठमाडौंवासीले मेलम्चीको पानी खान पाए । वर्षौंदेखि हावासमेत आउन छाडेका धारामा पानी आउँदा काठमाडौंवासी दङ्ग परेका थिए । क्षतिग्रस्त आयोजनाको यथाशीघ्र मर्मत सम्भार हुनुपर्छ ।

KFC Island Ad
NIC Asia

परन्तु, प्राथमिकता भने मानवीय कष्ट निवारणलाई दिनुपर्छ । मेलम्ची आयोजनाको मर्मत वा जलाधारको विस्तृत भौगर्भिक अध्ययन एक महिना ढिला भयो भने पनि ठूलो क्षति नहोला । तर, त्यहाँका बासिन्दाको कष्टकर जीवन सहज बनाउन आवश्यक मानवीय सहायता ढिलो हुँदा वा ओझेलमा पर्दा अपूरणीय क्षति हुनसक्छ । 

वास्तवमा मेलम्चीको बाढी पहिरोको काठमाडौंलाई बढी दुख्नुपर्ने थियो । उपत्यकाका नगरहरू विशेषगरी महानगरहरू मेलम्चीवासीको पीडामा मलम बनेर दुःखका दिनमा साथ दिन पुग्नुपर्थ्यो । तर, काठमाडौंले मेलम्चीको पानीबाहेक अरू केही सम्झेको देखिएन ।

Royal Enfield Island Ad

हुन पनि ‘ब्लटिङ पेपर’ जस्ता उपत्यकावासीले अहिलेसम्म लिनमात्र सिकेकाले अरूको दुःखमा साथ दिने मेसै पाउँदैनन् । यस्तै, स्वभाव छ सरकारको पनि । राणाकालदेखिकै हो यो काठमाडौंबाहिर केही नदेख्ने सरकारको प्रवृत्ति । 

मेलम्चीको पानी काठमाडौं आओस् भन्ने चाहनेले मेलम्चीवासीको मानवीय अवस्थाको उपेक्षा गर्नु न्यायोचित हुँदैन । यसैले काठमाडौं र ललितपुर महानगरपालिकाले सांकेतिकरूपमा मात्रै भए पनि मेलम्ची बजारमा तत्काल प्रतिनिधि पठाएर सहानुभूति र सद्भाव प्रदर्शन गर्नु वाञ्छनीय हुन्छ । 

खानेपानी आयोजनाको मर्मत सम्भार सँगसँगै मेलम्ची बजार क्षेत्रको पुनःनिर्माण, त्यहाँका जनताको पुनःस्थापना तथा स्वास्थ्य र शिक्षा सेवाको सञ्चालन सरकारले तदारुकता देखाउनुपर्छ । यीमध्ये कुनै एउटा काम पहिले गर्नुपर्ने भएमा स्थानीय पुनःनिर्माण र पुनःस्थापनाले प्राथमिकता पाउनु मानवीय तथा न्यायपूर्ण हुनेछ ।

बाढीले क्षतविक्षत बनाएको मेलम्ची क्षेत्रको बसोवास, खानेपानी, विद्यालय, स्वास्थ्य केन्द्रहरूको तत्काल पुनःनिर्माण र पुनःस्थापना गरेर सरकारले त्यहाँका बासिन्दाको मन जित्ने काम गरोस् । कोभिडविरुद्धको खोपमा प्राथमिकता दिएर सद्भाव देखाउन सकिन्छ भने स्थानीय तहलाई उपत्यकाका महानगरहरूले भौतिक र आर्थिक सहयोग दिनसक्छन् । मेलम्चीका बासिन्दाले आफूहरूलाई काठमाडौंले उपेक्षा गरेको अनुभव नगरून् !


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २४, २०७८  १३:३७
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro