site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell

सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले सरकारलाई छिटै पूर्णता दिन आग्रह गरेको छ । यसैगरी सुकुमबासी, भूमिहीन किसान र अव्यवस्थित बसोवासको समस्या समाधान तथा कार्यान्वयन गर्न तत्काल उच्चस्तरीय आयोग गठन गर्न सरकारलाई अनुरोध गर्ने पनि निर्णय गरेको छ ।   

दिनहुँजसो प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेट भइरहे पनि मन्त्रिपरिषद्लाई पूर्णता दिनसमेत सार्वजनिकरूपमा दबाब दिने काम सुरु भएछ । अर्थात्, प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकार सञ्चालन गर्नका लागि माओवादी केन्द्रको सत्ता मोह र अध्यक्ष दाहालको उद्दाम महत्त्वाकांक्षा ‘भालुको कम्पट’ हुने लक्षण देखापर्न थाल्यो ।
 
मन्त्रिपरिषद्लाई छिटै पूर्णता दिने माग आन्तरिक राजनीतिक सन्तुलनको रणनीति पनि होला । त्यसका हकमा सत्ता साझेदार दलको चरित्रबाहेक अरू विषय गौण हुन्छ । तर, संविधानले स्पष्ट विभिन्न तहमा निक्षेप गरेको अधिकार प्रयोगका लागि  उच्चस्तरीय आयोग गठन गर्न सरकारलाई अनुरोध गर्ने  निर्णय भने संविधान र संघीयतामाथि कुठाराघातको प्रयास हो । 

KFC Island Ad
NIC Asia

नेपालको संविधान,२०७२ को अनुसूची ५ देखि ९ सम्म संघ, प्रदेश, स्थानीय तह र संयुक्त क्षेत्राधिकार गरी अधिकारहरूको सूची दिइएको छ । यस्ता अधिकारमध्ये संघको एकल अधिकारमा मूलतः नीति निर्माण रहेको छ भने प्रदेश र स्थानीय तहको अधिकार क्षेत्रमा क्रमशः भूमि व्यवस्थापन तथा घरजग्गा धनी पूर्जा वितरण रहेको छ । 
 
‘आवासको हक’ प्रत्याभूत गर्ने नेपालको संविधानले नै नागरिकको यो अधिकार चरितार्थ गर्ने जिम्मा विभिन्न तहका सरकारलाई दिएको छ । अर्थात्, यस कार्यका लागि राज्यले अर्को कुनै संयन्त्र बनाउनु आवश्यक त छैन नै असंवैधानिक पनि हुन्छ । यसैले माओवादी केन्द्रको उच्चस्तरीय आयोग गठन गर्ने माग असंवैधानिक हो । 
 
सरकारमा बस्ने र सडकमा लोकप्रिय हुन सस्तो नारा लगाउने द्वैध चरित्रले संयुक्त सरकारका साझेदारबीच अविश्वास उत्पन्न हुन्छ । तर, प्रतिनिधि सभा पूर्ण अवधि जीवित राख्न वर्तमान सत्ता गठबन्धनबीच समझदारी कायम रहनुपर्छ । संविधानको निर्देश र मूल्यहरूलाई ‘लक्ष्मणरेखा’ ठानेमात्र गठबन्धनबीच विश्वास कायम रहनसक्छ ।

यसैले पर्दापछाडिबाट शासन चलाएर ‘गैरसंवैधानिक’ शक्ति केन्द्र बन्ने रहर माओवादी केन्द्रलगायत कुनै पनि सत्ता साझेदार दलका नेताले नगरून् । जुन कारणले अगिल्लो सरकार हटाइएको थियो त्यस्तै असंवैधानिक बाटो हिँड्ने हो यो सरकार पनि त्यहीँ पुग्छ भन्ने नबिर्सौँ ।
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २३, २०७८  १२:०७
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro